विद्युत नियमन आयोगले अपि पावर कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ ।
विद्युत नियमन आयोगले कम्पनीले गत भदौ ३० गते आयोगमा पेश गरेको प्रस्तुतिकरण र असोज ६ गते पेश गरेको थप कागजजातको आधारमा हकप्रद शेयर निष्काशनका लागि अनुमति दिइएको छ । कम्पनीले असार २० गते चुक्ता पूँजीको ३९.३६ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग्दै आयोगमा निवेदन दिएको थियो ।
कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने एक करोड ८ लाख कित्ता हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी तीन अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।आयोगले हकप्रद निष्काशनको स्वीकृति दिदा ६ वटा सर्तहरु अगाडि सारेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments