×
Lagani
Lagani Shiksha gif
आइतबार पनि अस्पतालका ओपिडी सेवा सुचारु रहने, कर्मचारीलाई सट्टा बिदाको व्यवस्था



सरकारले लागू गरेको हप्ताको दुई दिन सार्वजनिक बिदाको व्यवस्थाले स्वास्थ्य सेवामा कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले देशभरका अस्पतालहरूलाई आइतबार पनि ओपीडी (बहिरंग) सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अस्पतालहरूले आफ्नो कार्यभार र जनशक्तिको उपलब्धताका आधारमा आइतबार ओपीडी सेवा निरन्तरता दिनुपर्ने स्पष्ट पारेको छ। यस व्यवस्था अन्तर्गत, अस्पतालहरूले कर्मचारीहरूलाई शनिबारबाहेक हप्ताको अर्को एक दिन बिदा उपलब्ध गराउन सक्नेछन्। यदि त्यस्तो बिदा दिन सम्भव नभएमा, सट्टा बिदाको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।

Lagani Shiksha gif

यो व्यवस्था देशैभरका प्रादेशिक अस्पतालहरूमा समेत प्रभावकारी रूपमा लागू गर्नका लागि सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई मन्त्रालयले आग्रह गरेको छ। यस कदमले सर्वसाधारणले हप्ताको अन्त्यमा पनि आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने सुनिश्चितता हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस