×
सरकारले नि:शुल्क बिजनेस ट्रेनिङ दिने, लगानीकर्ता समेत जुटाइदिने; यसरी दिन सकिन्छ आवेदन



औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) अन्तर्गत सञ्चालित ‘उद्यमशील’ कार्यक्रमअन्तर्गत नयाँ उद्यमीहरूका लागि ‘उद्यमस्टार्ट (पहिलो ब्याच)’ नामक निःशुल्क बिजनेस इन्क्युबेशन कार्यक्रमका लागि आवेदन खुला गरिएको छ। सूचना प्रकाशन मिति २०८२/१२/२६ रहेको यस कार्यक्रममा सहभागी हुन इच्छुक नवउद्यमीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। यो कार्यक्रम ‘व्यवसाय संवर्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ बमोजिम सञ्चालन भइरहेको हो।

कार्यक्रमको मुख्य उद्देश्य नवउद्यमी तथा प्रारम्भिक चरणका व्यवसायीहरूलाई आफ्नो व्यवसायिक अवधारणालाई व्यवहारिक, दिगो तथा लगानीयोग्य व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्नु रहेको छ। सहभागीहरूले व्यवसाय योजना विकास, व्यवस्थापनसम्बन्धी मार्गदर्शन तथा उद्यमशीलतासम्बन्धी विभिन्न सहयोग प्राप्त गर्ने अवसर पाउनेछन्। यस कार्यक्रममार्फत उद्यमीहरूलाई आफ्नो व्यवसायलाई व्यावसायिक रूपमा अघि बढाउन आवश्यक ज्ञान र सीप प्रदान गरिनेछ।

आवेदन दिन चाहनेहरूले नेपाली नागरिकताको प्रमाणपत्र, आफूले गर्न चाहेको उद्यमको नवीन सोचसहितको विस्तृत विवरण (व्यवसायिक योजना), कार्यविधिमा उल्लेखित आचरण पालना गर्ने स्वघोषणा, स्थायी लेखा नम्बर (प्यान) को प्रतिलिपि तथा संस्था वा कम्पनी दर्ता भइसकेको भए सोको प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

यस सम्बन्धी थप जानकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वेबसाइट www.moics.gov.np मा उपलब्ध ‘व्यवसाय संवर्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ मार्फत लिन सकिनेछ। आवेदन तथा कार्यक्रममा सम्बन्धित अन्य जानकारीका लागि उद्यमशील (Udyamsheel) को आधिकारिक माध्यममार्फत पनि सम्पर्क गर्न सकिनेछ।

फारम भर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिक्रिया
Subscribe
Notify of
guest
4 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Dibya Ghimire
Guest
Dibya Ghimire
April 16, 2026 7:32 pm

I would like to apply.

Pradip lamichhane
Guest
Pradip lamichhane
April 18, 2026 11:16 am
Reply to  Dibya Ghimire

Yes

Bhojraj Sharma
Guest
Bhojraj Sharma
April 20, 2026 8:04 pm

I am start to electric showroom electric item selling



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस