×
प्रि – ओपन सेसनमा ५.१७ अंकले बढ्यो नेप्से परिसूचक



साताको अन्तिम कारोबार दिन बिहीवार प्रि – ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव १७ अंकले बढेको छ ।

प्रि – ओपन सेसनमा नेप्से परिसूचक २ हजार ८०८ दशलमव ७९ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका ३१ ओटा धितोपत्रको १० हजार ७६६ कित्ता शेयर रू. ४८ लाख ७७ हजार २८३ मा खरीदविक्री भएको छ । प्रि – ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री भने नेपाल बङ्गलादेश बैंकको भएको छ ।

उक्त कम्पनीको रू. २९ लाख ३ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।साताको अघिल्लो कारोबार दिन बुधवार भने नेप्से परिसूचक ३० दशमलव ५१ अंकले घटेर २ हजार ८०३ दशमलव ६२ विन्दुमा बन्द भएको थियो ।

उक्त दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर ९० हजार ५९० पटकमा रू.८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ मा खरीदविक्री भएको थियो ।

नेप्से परिसूचक घटेपनि उक्त दिन कारोबार रकम भने  मंगलवारको कारोबार दिनभन्दा बढेको थियो। केहि दिनदेखि बढेको बजारमा बुधवारको कारोबारमा लगानीकर्ता नाफा बुक गर्नेतर्फ लागेका कारण सामान्य करेक्सन भने भएको थियो ।

शेयरमूल्य बढेको मौकामा अल्पकालीन लगानीकर्ताहरुले नाफा बुक गरेका कारण बजारमा करेक्सन  आएको बजार विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस