×
Lagani
Lagani Shiksha gif
सभामुखले पहिलो पटक गरे प्रधानमन्त्रीलाई जवाफ दिन रूलिङ



काठमाडौं, १ भदौं । प्रतिनिधिसभाका सभामुख डीलप्रसाद अर्यालले पहिलो पटक प्रधानमन्त्री बालेन शाहलाई सदनमा उठेका विषयको जवाफ दिन रुलिङ गरेका छन्।

 

Lagani Shiksha gif
sharehubapk सभामुखले पहिलो पटक गरे प्रधानमन्त्रीलाई जवाफ दिन रूलिङ

आजको बैठक पनि विपक्षी दलहरूलेले उठेर विरोध जनाए पछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई जवाफ दिन रूलिङ गरेका हुन् । यसअघि पटक पटक बिपक्षी दलहरूले प्रधानमन्त्री शाहलाई जवाफ दिन रूलिङ गरे पनि उनले आनाकानी गर्दै आएका थिए । तर, सोमवारको बैठक सुरू हुने बितिक्कै बिपक्षीले पनि बिरोध जनाए पछि पहिलो पटक उनले रूलिङ गरेका हुन । 

 

‘प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न उत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु,’ उनले भने ।

 

 

 

गत जेठ १७ गते प्रधानमन्त्री शाहले 'नेपालले पनि भारतकाे सिमा मिचेकाे छ' भन्ने बिबादस्पद अभिब्यक्ति दिए पछि बिपक्षी दलहरूले साे अभिब्यक्ति रेकर्डवाट हटाउन, साे बारेमा माफी माग्न र सदनमा जवाफ दिन माग गर्दै निरन्तर उठेर बिराेध जनाउँदै अाइरहेकाे बेला सभामुखकाे याे रूलिङ दिएका हुन् । 

प्रतिनिधिसभाको बैठक जारी छ । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस