KBL 234 -6.9 KBLD89 1156 1 PBD84 1065 1.7 ILI 483.5 -2.5 DHPL 242 1 TAMOR 482.9 -2.1 PRVU 248 -10 JBLB 1534 -3 HHL 439 -3.2 NABIL 594 3 SAEF 11.22 0.17 USHL 783.2 -13.7 CYCL 1540 -7 EBLD86 1040 -2 JOSHI 305 -6.8 MLBL 398 -6.9 UPCL 262.2 -2.7 VLBS 902.5 -7.5 CIT 2195 0 MNBBL 395.8 -0.8 NABBC 631 -12 CIZBD90 1081 1 PBD88 1102.1 2.1 SCB 691.1 3.6 JSLBB 1513.9 38.9 GBILD86/87 1030 4 SGHC 393.6 0.1 NBF2 9.15 -0.05 SRLI 443.1 -4.9 ACLBSL 1035 0 NBF3 9.04 0.17 UPPER 214.2 -1.8 GMFBS 1512.1 -16.9 MANDU 885 -14 NIBD84 1030 -20 RHPL 364 -5.2 SBI 482.9 -6 NMLBBL 769 -11 NICFC 8.97 -0.33 CLI 634 -4.9
×
बाबुको आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण



चेन्नइका एक बाबुले आफ्नो एउटा सानो आन्द्रा दिएर छोरालाई बचाएका छन् । सात घन्टा लामो शल्यक्रियापछि बाबुको आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको हो । शल्यक्रिया गर्न आठ चिकित्सक र २४ जना नर्सको एउटा टोली खटिएको थियो ।

४ वर्षीय बालकको सानो आन्द्राले काम गर्न छोडेपछि बाबुको आन्द्रा प्रत्यारोपण गरिएको थियो । जटिल शल्यक्रियापछि बाबुको १५० सेन्टिमिटर लामो आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको चिकित्सकले जनाएका छन् । यो शल्यक्रिया दुलर्भमध्येको एक भएको चिकित्सकको भनाई छ ।

निरन्तर वान्ता गर्न थालेपछि गुहान नाम गरेका ती बालकलाई तीन महिनाअघि अस्पताल भर्ना गरिएको थियो । बालकको सानो आन्द्रा बेरिएको र रक्तनलीको प्रवाह रोकिएको उपचारको क्रममा थाहा भएको थियो ।

सम्पूर्ण कोषहरु मरेकोले आन्द्राले काम गर्न छोडेको थियो । आन्द्राले काम नगरेपछि  बालकले पाउनु पर्ने पर्याप्त पोषण तत्व प्राप्त गर्न सकेका थिएनन्, जसका कारण उनको जीवन नै जोखिममा परेको थियो ।

छोरालाई बचाउन उनको परिवारले सानो आन्द्रा काटेर नयाँ आन्द्रा प्रत्यारोपण गर्न तयार भएको थियो ।

उनमा देखिएको समस्यालाई चिकित्सकीय भाषामा भोल्भुलस भनिन्छ । एक हजारमा दुई जनामा यस्तो समस्या देखिने बालकको उपचारमा संलग्न चिकित्सकमध्येका एक डा. नरेश सानमुगामको भनाई छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस