GLH 244 -2 KDL 1059 16 MBJC 321 -8 NESDO 2229 -18 NIFRA 280 -5 MBLD2085 1085 6.5 H8020 10.2 -0.05 SARBTM 765 -5 RADHI 397.9 7.9 ANLB 4453.1 47 AKJCL 209 -3 SGHC 393.6 0.1 CHL 353 0.4 BGWT 934.9 -21.1 SRBLD83 1065 -10 NICFC 8.97 -0.33 NTC 980.1 -2.4 AHL 651 2 USHEC 523 -7 NSIF2 10.52 0.02 USLB 1467 -2.9 NIBSF2 8.9 0.08 GMFBS 1512.1 -16.9 KDBY 9.21 -0.23 NICLBSL 705.5 -7.5 SIKLES 707 -3 KBLD89 1156 1 SBID83 1098 8.7 LBLD86 1081 -0.2 NICSF 9.5 0.25 SPDL 310 5 MHCL 410 -7 BHL 440 -13 HIDCLP 183 -2 UNHPL 266 0 FOWAD 1479 0 KKHC 260 -2 PMHPL 260 -4 NLO 242.1 0 ICFC 823.9 74.9
×
हाम्रा पुर्खाका कारण नेपालीले गर्व गरेका छन्ः पूर्वयुवराज पारस



पूर्वयुवराज पारस साहले आफ्ना पुर्खाहरुका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताएका छन् ।

सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गरेकोमा पारसले आफ्ना पूर्खाहरुप्रति सम्मानसमेत व्यक्त गरेका छन् ।  जीवनमा आफूले महत्वपूर्ण र जीवन नै परिवर्तन हुने घटनाहरुको साक्षी बनेको बताउँदै पारसले आफ्नो फेसबुक पोस्टमा आफू वयस्क भएको र धेरै कुरा सिकेको बताएका छन् ।

बिहीबार ५०औं जन्म दिन मनाएका पारसले जीवन जिउने क्रममा आफूले आफ्ना सहकर्मीबारे जान्ने अवसर पाएको र प्रत्यक्ष रुपमा सांस्कृतिक विविधतावारे अनुभव गरेको उल्लेख गरेका छन् । जटिल परिस्थितिको समयमा पनि आफूले पाएको निस्वार्थ प्रेम सच्चा नेपाली भावना भएको उनले बताएका छन् ।

परिवार र शुभचिन्तकहरुको निरन्तरको सहयोगका कारण अरुको उत्थान गर्न सजिलो भएको र त्यसले आगामी पुस्ताका लागि अझै स्थिर र समतामूलक नेपाल बनाउन सहयोग गर्ने पारसले बताएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस