NBLD85 1025 0 SMH 1064.8 5.9 SGIC 641.2 -4.8 RSDC 735 0 TAMOR 482.9 -2.1 SBLD89 1200 16.1 SJCL 326 -3.7 NIBD2082 1099 0 CORBL 958.8 -10.2 MBL 255 -4 GUFL 735 5 NBF2 9.15 -0.05 NIFRA 280 -5 HIDCLP 183 -2 SLBBL 958.9 -4.2 NICD83/84 1062 -19 KEF 9 0.28 NMBD87/88 1027 -3 BFC 625 9.1 SIGS2 10.05 0 NFS 1350 -43 PMHPL 260 -4 SMHL 613.1 -4 MEHL 380.1 -19.9 BNT 14350 -50 SADBL 419 -1 NABBC 631 -12 SCBD 1111 6 SEF 9.51 -0.24 NYADI 305.4 -6.6 HEI 648 -10 PFL 652 -1 SMB 1809 4 BBC 4255 50 CCBD88 1123.1 6.1 HDL 1423.1 49.1 NIBLGF 9.1 0.38 GFCL 1051.1 6 BHPL 655.1 -12.7 MHL 725 3.5
×
यी २ लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



आइतबार विजय लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हाे । साधारणसभा तथा लाभांश वितरण गर्न लघुवित्तले १२ पुसदेखि बुक क्लोज गर्दैछन् । यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले संस्थाको सभामा चाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न २४ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले गैडाकोट रिसोर्ट, गैडाकोट, नवलपरासीमा नवौँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभामा कम्पनीको हाल कायम चुक्ता पूँजीको २० दशमलव ०३ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनका लागि एक दशमलव ०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । अन्य वित्तीय संस्थालाई प्राप्त गर्ने वा मर्जर गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलार्ई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने , लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकको निर्वाचन गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

महुली लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण गर्नका लागि लघुवित्तले १२ पुसदेखि बुकक्लोज गर्दैछन् । यसर्थ, आइतबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले संस्थाको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

महुलीले लाभांश वितरण र एफपिओ निष्काशन प्रस्ताव पारित गर्न २४ पुसमा नवौं वार्षिक साधारणसभा बोलाएको छ । सभा आफ्नो केन्द्रिय कार्यालय अग्निसाइर कृष्णासवरण, महुली, सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा हाल कायम चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने, प्रिमियममा एफपीओ निष्काशन गर्ने, अन्य लघुवित्तसँग मर्जर वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेण्डा छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस