×
लुम्बिनी विकास बैंकको साधारणसभा ९ पुसमा



लुम्बिनी विकास बैंकले ९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले बिहान ११ः१५ बजेका लागि आफ्नो केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा सुरु हुनेछ ।  सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत  बोनस सेयर र कर तिर्न शून्य दशमलव ६८ प्रतिशत नगद गरी कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमाा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा छन् ।

सभा प्रयोजनार्थ बैंकले २७ मंसिरमा बुक क्लोज गरिसकेको छ । यसर्थ, २६ मंसिरसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र साधारणसभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस