×
Lagani
Lagani Shiksha gif
सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सारबाट



चालु आर्थिक वर्षको मंसिरसम्ममा सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सार कार्यालयबाट भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा आठ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा सबैभन्दा बढी वीरगञ्ज नाका हुँदै दुई खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । यो नेपालको कुल आयातको ३४ प्रतिशत हिस्सा हो ।

Lagani Shiksha gif

यसैगरी निर्यातमा पनि वीरगञ्ज नाका नै अगाडि छ । चालु आवको मंसिरसम्ममा एक खर्ब दुई अर्ब बराबरको निर्यात भएकोमा वीरगञ्ज नाका हुँदै ४९ अर्ब ४१ करोड निर्यात भएको छ । कुल निर्यातको यो ४८ प्रतिशत हिस्सा हो ।

उच्च आयात हुने भन्सार कार्यालयमा वीरगञ्जपछि भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय छन् । यसैगरी निर्यातमा पनि वीरगञ्ज भन्सार कार्यालयपछि भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस