×
Lagani
Lagani Shiksha gif
भारतबाट स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल



परराष्ट्रमन्त्री शिशिर खनालले भारतको आफ्नो औपचारिक भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका छन् ।

नेपाल फर्किएपछि मन्त्री खनालले भ्रमण सफल भएको बताउदै भ्रमणका क्रममा भएका छलफल र भेटवार्ता बारे जानकारी दिएका थिए । यो भ्रमणलाई नेपाल–भारतबीचको लामो समयदेखिको साझेदारी तथा घनिष्ठ सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण भएको उनले बताए ।

Lagani Shiksha gif

मन्त्री खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको द्विपक्षीय भेटवार्तामा तीन बुँदे सहमति समेत गरेका थिए ।

जस अनुसार पहिलो, नेपाल क्लियरिङ हाउस र भारतको राष्ट्रिय भुक्तानी निगमबीच सन् २०२३ जुनमा भएको समझदारीअनुसार सीमा–पार व्यक्ति–व्यक्ति भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । दोस्रो, भारतको विकास सहयोगमा नेपालमा निर्माण गरिएका भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रका ७२ वटा र सांस्कृतिक क्षेत्रका १२ वटा परियोजनाहरू नेपाललाई हस्तान्तरण गरिएको छ । तेस्रो, काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कूलअन्तर्गतको डिजिटल सार्वजनिक पूर्वाधार तथा कृत्रिम बुद्धिमत्ता केन्द्र र भारतको डिजिटल इन्डिया भाषिनी डिभिजनबीच समझदारी पत्र आदान–प्रदान गरिएको छ। यसअनुसार 'भ्वाइस फस्ट' भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार निर्माणमा सहकार्य गरिनेछ।

शुक्रबार भारत भ्रमणमा दिल्ली पुगेका मन्त्री खनालले सोही दिन भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग समेत भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस