×
Lagani
Lagani Shiksha gif
डलरमा सामान्य गिरावट, राष्ट्र बैंकले सार्वजनिक ग¥यो आइतबारको विनिमयदर



काठमाडौं, २४ जेठ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। नयाँ विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य अघिल्लो दिनको तुलनामा केही घटेको देखिएको छ भने अन्य प्रमुख विदेशी मुद्राको दर पनि समायोजन गरिएको छ।

राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम भएको छ। त्यस्तै, एक युरोको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा तोकिएको छ।

Lagani Shiksha gif

स्वीस फ्र्याङ्कको खरिददर १९२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९३ रुपैयाँ २७ पैसा रहेको छ। अस्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ २९ पैसा तथा बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा कायम हुँदा क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा पुगेको छ। सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ १५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६२ पैसा रहेको छ।

एसियाली मुद्रातर्फ १० जापानी येनको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा तोकिएको छ।

खाडी मुलुकका मुद्रामा साउदी रियालको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ। युएई दिरामको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा कायम भएको छ।

महँगा विदेशी मुद्रामध्ये कुवेती दिनारको खरिददर ४९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ९१ पैसा रहेको छ। बहराइन दिनारको खरिददर ४०२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ६६ पैसा तथा ओमानी रियालको खरिददर ३९३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार विनिमयदर आवश्यक पर्दा जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूको विनिमयदरमा केही फरक पर्न सक्ने उल्लेख गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस