×
Lagani
Lagani Shiksha gif
रास्वपाको महोत्तरी जिल्ला अधिवेशनको बन्द सत्र स्थगित



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरीमा जिल्ला अधिवेशनको दोस्रो बन्द सत्र स्थगित गरिएको छ ।

जिल्ला अधिवेशन निर्वाचन समितिले सूचना जारी गर्दै अधिवेशनको बन्द सत्र अन्तर्गत निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विभिन्न पक्षबीच छलफल भइरहेको र सहमतिको प्रयास जारी रहेकाले हालको परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द सत्र स्थगित गरिएको उल्लेख गरिएको छ ।

Lagani Shiksha gif

सूचनामा जिल्ला महाधिवेशन प्रतिनिधिहरूसँग थप छलफल तथा सहमतिका आधारमा प्रक्रिया अघि बढाइने जनाइएको छ । अधिवेशनको विषयलाई लिएर पार्टीभित्र विभिन्न धारणा र आन्तरिक समन्वयको आवश्यकता देखिएकाले निर्वाचन प्रक्रिया तत्काल अघि नबढाइएको बताइएको छ ।

रास्वपाका केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि, जिल्ला प्रतिनिधि तथा आयोजन समितिका पदाधिकारीहरूको हस्ताक्षर समेत रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस