×
Lagani
Lagani Shiksha gif
परराष्ट्रमन्त्री खनाल भारत भ्रमण पुरा गरि स्वदेश फर्किदै



परराष्ट्रमन्त्री शिशिर खनालले भारतको आफ्नो औपचारिक भ्रमण सम्पन्न गरेर नयाँ दिल्लीबाट नेपाल प्रस्थान गरेका छन् ।

भ्रमण सम्पन्न गरी स्वदेश फर्किने क्रममा उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिदाइ गरेका थिए ।

Lagani Shiksha gif

यस भ्रमणलाई नेपाल–भारतबीचको लामो समयदेखिको साझेदारी तथा घनिष्ठ सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

शुक्रबार भारत भ्रमणमा दिल्ली पुहेका मन्त्री खनालले शनिबार विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस्तै उनले शुक्रबार भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग समेत भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस