×
Lagani
Lagani Shiksha gif
नेपालसँग अबको सहकार्य एआई र सूचना प्रविधिमा हुन्छ- जयशंकर



भारतीय विदेशमन्त्री एस जयशंकले नेपाल र भारतबीच एआई र सूचना प्रविधिको क्षेत्रमा सहकार्य विस्तार हुने बताएका छन् ।

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग द्विपक्षीय भेटवार्ताका क्रममा जयशंकरले नेपाल र भारतको सम्बन्धको आयाम जनस्तर, वाणिज्य, व्यापारबाट अझै माथि उठ्ने बताउदै अबको सहकार्य एआई र सूचना प्रविधि तथा स्टार्टअपका क्षेत्रमा सम्बन्ध विस्तार हुने बताएका हुन् ।

Lagani Shiksha gif
sharehubapk नेपालसँग अबको सहकार्य एआई र सूचना प्रविधिमा हुन्छ- जयशंकर

उनले भने- 'नेपाल र भारतको सम्बन्ध जनस्तर, संस्कृति र व्यापारमा मात्रै होइन अब अझै अघि बढ्नेछ । अब हामी एआई र सूचना प्रविधि तथा स्टार्टअपका क्षेत्रमा सम्बन्ध विस्तार गर्नेछौँ । रवि लामिछानेको हालसालैको भ्रमणबाट द्विपक्षीय राजनीतिक सम्बन्ध थप सुदृढ हुने विश्वास छ ।'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको आपसी हितमा सदैव सहकार्य गर्न तत्पर रहेको सो अवसरमा जयशंकरले बताए ।

शुक्रबार दिल्ली पुगेका परराष्ट्रमन्त्री खनालले शुक्रबारनै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता गरेका थिए भने शनिबार बिहान भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता गरेका थिए । मन्त्री खनाल २४ गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस