×
Lagani
Lagani Shiksha gif
नेपाल लाइफको सेयर बिक्री खुल्यो



नेपाल लाइफ इन्स्योरेन्सका संस्थापकले सेयर बिक्री गर्ने भएका छन् ।

कम्पनीका संस्थापक सेयरधनीहरू अशोक कुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको दुई लाख १३ हजार एक सय कित्ता सेयर बिक्रीमा ल्याएको कम्पनीले सोमबार एक सूचना प्रकाशित गरी जनाएको छ ।

Lagani Shiksha gif

कम्पनीको संस्थापक सेयरधनीहरू अशोक कुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको सेयर बिक्रीमा आएको हो ।कम्पनीको संस्थापक सेयरधनी अशोककुमार अग्रवालको १३ हजार १०० कित्ता र प्रुडेन्सियल क्यापिटलको दुई लाख कित्ता सेयर बिक्रि गर्ने सूचनामा जनाएको छ ।

सो सेयर खरिद गर्नका लागि संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका २०७७ को निर्देशन नं. ११ बमोजिम सुरुमा संस्थाका संस्थापक सेयरधनीले खरिद गर्नपर्ने हुन्छ । संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा सर्वसाधारणले उक्त सेयर खरिद गर्न सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरेर कम्पनीको केन्द्रीय कार्यालय, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन दिन पर्नेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस