×
बालेन सरकारले हटाउदै च्यासलस्थित एमाले पार्टी कार्यालय



नेकपा एमालेको पार्टी कार्यालय ललितपुरको च्यासलबाट हटाउनुपर्ने भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा रहेको जग्गा तथा त्यसमा बनेका संरचना खाली गर्न सूचना जारी गरेपछि एमालेको पार्टी कार्यालय रहेको क्षेत्र खाली गर्नुपर्ने अवस्था आएको हो। एमालेले तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको नाममा उक्त जग्गा प्रयोग गर्दै आएको थियो। २०५८ साल चैतमा मन्त्रिपरिषद्को निर्णयबाट प्रतिष्ठानलाई १२ रोपनी ६ आना ५ पैसा ३ दाम जग्गा भोगचलनका लागि उपलब्ध गराइएको थियो। तर, उक्त जग्गा हालसम्म औपचारिक रूपमा ‘लिज’मा रूपान्तरण नभएको बताइएको छ।

मन्त्रालयले भोगाधिकार प्राप्त जग्गा कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गर्नुपर्ने भन्दै खाली गराउने प्रक्रिया अघि बढाएको हो। यससँगै लामो समयदेखि एमालेको केन्द्रीय पार्टी कार्यालयका रूपमा प्रयोग हुँदै आएको च्यासलस्थित भवन अब हटाउनुपर्ने भएको छ।

सरकारी जग्गा भोगचलनमा लिएर बनाइएका संरचना तथा कार्यालयहरूको व्यवस्थापनबारे पछिल्लो समय सरकारले कडाइ गर्न थालेको छ। च्यासलस्थित एमाले कार्यालय खाली गर्ने विषय पनि सोही प्रक्रियाको हिस्सा मानिएको छ।

यसअघि एमालेको पार्टी कार्यालय विभिन्न स्थानबाट सञ्चालन हुँदै आएको थियो। पछिल्लो समय च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनलाई पार्टी कार्यालयका रूपमा प्रयोग गरिँदै आएको थियो। भूमि मन्त्रालयको सूचनापछि अब एमालेले आफ्नो पार्टी कार्यालयका लागि वैकल्पिक स्थान खोज्नुपर्ने देखिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस