×
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई महाराजगञ्ज प्रहरी गणमा राखिने



नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ।

स्रोतका अनुसार, स्वास्थ्य परीक्षणपश्चात ओलीलाई २ नम्बर गणमा लगिनेछ, भने लेखकलाई यसअघि नै सोही स्थानमा पुर्‍याइसकिएको छ।

ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका उहाँलाई केहीबेर प्रहरी परिसर भद्रकालीमा राखिएपछि शिक्षण अस्पताल लगिएको हो।

प्रहरीले दिएको जानकारी अनुसार, आज शनिबार परेकाले उनीहरूलाई आइतबार मात्रै अदालतमा पेस गरिनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस