×
Lagani
Lagani Shiksha gif
स्वर्णिम वाग्ले अर्थ मन्त्रालयको नेतृत्वमा, मुलुकको आर्थिक दिशामा नयाँ अध्यायको सुरुवात



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सरकारको अर्थमन्त्रीको जिम्मेवारीका लागि पार्टीका उपसभापति एवं नव निर्वाचित सांसद डा. स्वर्णिम वाग्लेको नाममा अन्तिम निर्णय गरेको छ।

तनहुँ–१ बाट भारी मतले विजयी भएका वाग्ले पहिलो पटक मन्त्री बन्न लागेका हुन्। अर्थशास्त्रका सुप्रसिद्ध ज्ञाताको रूपमा चिनिने वाग्लेले यसअघि पनि मुलुकको आर्थिक नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्।

Lagani Shiksha gif
sharehubapk स्वर्णिम वाग्ले अर्थ मन्त्रालयको नेतृत्वमा, मुलुकको आर्थिक दिशामा नयाँ अध्यायको सुरुवात

चुनाव प्रचारका क्रममा रास्वपाका सभापति रवि लामिछानेले सार्वजनिक रूपमै डा. वाग्लेलाई बजेट निर्माणको तयारी सुरु गर्न निर्देशन दिएका थिए, जसबाट उनको आर्थिक क्षमता र सरकारमा उनको सम्भावित भूमिकाबारे संकेत मिलेको थियो। अर्थमन्त्रीको रूपमा वाग्लेले मुलुकको आर्थिक सुदृढीकरण, नीतिगत सुधार र दिगो विकासका लागि नयाँ योजनाहरू अघि सार्ने अपेक्षा गरिएको छ। उनको नेतृत्वमा अर्थ मन्त्रालयले कस्तो गति लिन्छ, त्यो हेर्नलायक हुनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस