×
Lagani
Lagani Shiksha gif
२ कम्पनीले पाए आईपियो निष्कासन अनुमती , कहिले होला निस्कासन ?



नेपाल धितोपत्र बोर्डले आज फागुन २६ गते दुईवटा जलविद्युत कम्पनीहरूलाई प्राथमिक सेयर (IPO) निष्काशनका लागि अनुमति प्रदान गरेको छ।

बोर्डबाट कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेड ले सर्वसाधारणका लागि सेयर जारी गर्ने बाटो खुल्ला पाएका हुन्। कालंगा हाइड्रो लिमिटेड ले कुल ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्काशन गर्नेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहने यस आईपिओको बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, सानीगड हाइड्रो लिमिटेड लाई ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति दिइएको छ। यस कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हाल्नेछ।

Lagani Shiksha gif
sharehubapk २ कम्पनीले पाए आईपियो निष्कासन अनुमती , कहिले होला निस्कासन ?

यी दुवै कम्पनीले अब छिट्टै नै पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि तथा दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर आह्वान गर्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस