×
Lagani
Lagani Shiksha gif
चाक्सीबारीमा कांग्रेस संस्थापन पक्षका शिर्ष नेताको चियापान



काठमाडौं, ५ साउन । चाक्सीवारीस्थित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निवासमा संस्थापन पक्षका शिर्ष नेताहरूबिचमा भेटघाट भएको छ। 

 

Lagani Shiksha gif

अब आउन लागेको १५ औँ महाधिवेशनको पुर्व सन्ध्यामा सभापति शेरबहादुर देउवाबाहेक अन्य ६ जना नेता चाक्सीबारीमा पुगेका हुन् ।

सो छलफलमा उपप्रधान तथा सहरी बिकासमन्त्रीसमेत रहेका सिंहसहित शशांक कोइराला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशरण महत र विजयकुमार गच्छदारको उपस्थिति रहेको छ।

संस्थापन पक्षका शिर्ष नेताहरूले सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनमा आफूभित्रबाटै उत्तराधिकारी छान्नु पर्ने भन्दै दबाब बढाइरहेको बेला यो भेला भएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस