NIMB 241.9 -9.1 ULBSL 3199 37 FOWAD 1479 0 LEC 276.8 -6 MEL 292 2 SAPDBL 569.6 -7.4 SHEL 242.9 -4.7 USHEC 523 -7 CITY 805 -17 MCHL 488.3 -3.7 NICAD8283 1169.8 86.8 SPHL 666.9 16.9 SBLD84 1040 19.3 TAMOR 482.9 -2.1 HIDCLP 183 -2 SAEF 11.22 0.17 NICGF 10.56 -0.28 MERO 760 0.5 SLBSL 1398.4 21.4 LBLD86 1081 -0.2 MAKAR 500 6 KKHC 260 -2 IHL 499 -1 PRIN 968 4 GUFL 735 5 NMB50 10.3 0.05 SFEF 9.29 0.22 NBF2 9.15 -0.05 NIL 912 8 MANDU 885 -14 UMRH 475 -1.9 NIMBPO 176.9 -1.1 GMFIL 623 1 BBC 4255 50 NICA 452 -13 BNHC 466.9 0.7 LLBS 1050 5 GIBF1 9.69 0.1 SAHAS 505 28 NABBC 631 -12
×
रबि लामिछानेलाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश , यस्तो छ अदालातको फैसला



काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएक‍ो छ।

पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको आदेश नदिएको हो। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रविको बन्दी प्रत्यक्षीकरण मुद्दा र उच्च अदालतले गरेको थुनछेक आदेशमाथिको पुनरावेदन उपर सुनवाइ गरे पछि रिहाको आदेश दिन अस्विकार गरेकाे हाे ।

न्यायाधीद्वय सुवेदी र ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको निर्णय कानुनसम्मत भएकाले उल्ट्याउन नपर्ने आदेश गरेको हो । शुक्रबार सर्वोच्च अदालतमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए।

सो बहसपछि वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए । सुनुवाइ सकिएकाले अब आदेश लेखनको कार्य सुरु हुँदैछ । केही बेरमा आदेश आउने जनाइएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस