SHPC 525 -3.9 MBJC 321 -8 GMFIL 623 1 NLIC 814 -13.4 NMB 263.9 -7.1 NICFC 8.97 -0.33 SBLD89 1200 16.1 ILI 483.5 -2.5 SIFC 628 10 SAHAS 505 28 HBLD83 1056.3 0.3 MEHL 380.1 -19.9 UNLB 2527 -3.9 MND84/85 1030 2 GBIME 256.1 -4.4 GCIL 498 -5.8 CMF1 10.5 -0.2 NGPL 472 -2.9 NIBD2082 1099 0 HHL 439 -3.2 SMPDA 910 -1 KBLD86 1115 0 PFL 652 -1 AVYAN 909 -6 FMDBL 758 -0.1 SMJC 574 -6 SMFBS 1505.2 6.2 PRSF 9.54 -0.11 NWCL 975 -13.9 GBLBS 738 -10 MSLB 1564 -70 OHL 925 -9 RURU 740 -9.8 PSF 9.51 -0.09 RHGCL 388 0 MATRI 1405 -8 UPCL 262.2 -2.7 NICL 990.2 -4.8 BHPL 655.1 -12.7 SMHL 613.1 -4
×
शाइन रेसुङ्गाको १७ वर्षकाे यात्रा



भैरहवा । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क १७ औ वर्षको यात्रा गरेको छ । २०६५ साल फागुन ११ गते ३ जिल्ला कार्यक्षेत्रबाट सुरु गरेको यात्रा अहिले २० जिल्लामा ८८ वटा शाखा र १ वटा एक्सटेन्सन कार्यालय सहित १८ वटा एटीम सञ्चालन गरेको छ ।

७ लाख ३५ हजार बढि ग्राहक बनाएको बैङ्कको अधिकृत पुँजी ८ अर्ब, जारी पुँजी ४ अर्ब ८७ करोड र चुक्ता पुँजी पनि ४ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । २०८१ पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार बैङ्कको निक्षेप संकलन ६९ अर्ब ७२ करोड रहेको छ । कर्जा लगानीतर्फ ५७ अर्ब ४९ करोड रहेको छ ।

जसमा व्यापार कर्जा १८ .९१ प्रतिशत, कृषि कर्जा ५ .९१ प्रतिशत, आवास निर्माण कर्जा ३ दशमलव ८२ प्रतिशत, विपन्न वर्ग कर्जा ५ .८९ प्रतिशत, जग्गा खरिद कर्जा ४ .९५ प्रतिशत, होटेल तथा पर्यटन कर्जा १६ .८५ प्रतिशत, उद्योग कर्जा १४ .२१ प्रतिशत, उपभोग्य कर्जा २० दशमलव ३५ प्रतिशत, हायरपर्चेज कर्जा १ दशमलव ४८ प्रतिशत रहेको छ भने अस्पताल, शिक्षा आदीमा ६.५५ प्रतिशत र अन्य कर्जा १.०८ प्रतिशत रहेको बैङ्कले जनाएको छ ।

बैङ्कले आर्थिक वर्षमा २०८०/०८१ मा ब्याजदर, पारिश्रमिक करलगायत अन्य शीर्षकमा गरी श्रोतमा कर कट्टीतर्फ ३५ करोड ५७ लाख ८० हजार, आयकर तर्फ ३७ करोड ०६ लाख ६६ हजार गरी कुल ७२ करोड ६४ लाख ४६ हजार रुपैयाँ सरकारी कोषमा जम्मा गरेको छ ।

बैङ्कले आर्थिक बर्ष २०८०/०८१ मा इन्डियन च्याम्बर अफ कमर्सवाट आयोजित दोस्रो इमर्जिङ एसिया बैङ्किङ अवार्डमा वेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी, वेस्ट पर्फमेन्स अन ग्रोथ र वेस्ट बैङ्क शीर्षकमा रनर उपाधिबाट सम्मानित भएको थियो।

यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाद्वारा नेशनल वेस्ट प्रेसिडेन्टल एनुअल रिपोर्ट अवार्ड २०२३ मा सर्टिफिकेट अफ मेरिट र न्यु बिजनेस एज प्रा।लि। वाट वेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क अफ दि इअर २०२४ वाट सम्मानित भएको थियो । बैङ्कका अध्यक्ष थानेश्वर पौडेलले निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा वृद्धि गर्ने, कर्जाको गुणस्तरमा विशेष ध्यान दिई ग्रामीण क्षेत्रमा कृषि, साना तथा मझौला उद्यम लगायतका क्षेत्रहरूमा लगानी बिस्तार गर्ने, डिजिटल कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउँदै उत्कृष्ट विकास बैङ्क बन्ने लक्ष्य सहित अघि बढेको बताए ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एकमात्र राष्ट्रियस्तरको यो विकास बैङ्कलाई धेरैभन्दा धेरै सेवाग्राहीको बैङ्क बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले बैङ्क सुशासन, स्पष्ट भिजन र दिशासहित अघि बढेको बताउँदै वित्तीय अनुशासनको पाटोलाई बैङ्कले मुख्य जोड दिएको बताए । विगतमा सबै सरोकारवाला क्षेत्र आर्थिक अनुशासनमा नरहँदा त्यसको असर बैङ्क ब्याजदरमा परेको स्मरण गर्दै पौडेलले बैङ्किङ क्षेत्रमा अनुशासन जरुरी रहेको उल्लेख गरे । उनले डिजिटल बैङ्किङ तथा युवा उद्यमशीलता कार्यक्रमका कारण युवा पुस्तामाझ बैङ्क लोकप्रिय बनेको उल्लेख गरे ।

बैङ्कले वार्षिकोत्सव अवसरमा यसवर्ष उत्कृष्ट शाखाको रुपमा कतरनिया शाखा बर्दिया, सूर्यपुरा शाखा रुपन्देही, खैरेनी शाखा गुल्मी, बिजुवार शाखा प्युठान र योगीकुटी शाखा रुपन्देहीलाई वेस्ट म्यानेज्ड ब्रान्च अवार्डबाट सम्मान गरेको छ ।

शाइन आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार खनाल सम्मानित

एभीन्यूज टेलिभिजनका लुम्बिनी प्रदेश प्रमुख एवं विजनेश खबर पत्रिकाका सम्पादक खनाललाई ५० हजार १ सय ११ रुपियाँ राशीको शाइन आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । बैंकका अध्यक्ष थानेश्वर पौडेल एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले एक समारोहका बीच खनाललाई पुरस्कार प्रदान गरेका हुन् ।

अर्थशास्त्र विषयका प्राध्यापक डा। बाबुराम ज्ञवाली संयोजक रहेको छनोट समितिको सिफारिसको आधारमा नेपाल पत्रकार महासंघले खनाललाई पुरस्कार प्रदान गर्ने निर्णय यसअघि गरेको थियो । पुरस्कृत भएपछि बोल्दै पत्रकार खनालले यो पुरस्कारले आफूलाई आर्थिक क्षेत्रमा कलम चलाउन थप उर्जा मिलेको बताए ।

यतिबेला आर्थिक क्षेत्र समस्यामा परेको भन्दै उनले यसका लागि सबै क्षेत्रले मिलेर अर्थतन्त्रमा देखिएका समस्या हल गर्नेतर्फ पहल र प्रयन्त गर्नुपर्ने उनले सुझाव दिए ।

सन्तोषी र मिङमार ‘रन टु साईन’को विजेता

साईन रेसुङा डेभलपमेन्ट बैकको १७ वार्षिकोत्सबको अवसरमा बुटवलमा भएको ‘रन टु साईन’ दौड प्रतियोगितामा महिला तर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ सिन्धुपाल्चोकका मिङमार सिह तामाङले ३१ मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै उपाधि चुमेका छन ।

१५ सय ३९ जना सहभागी १० किलोमिटर दुरीको दौड श्रेष्ठले ३६ मिनेट २१ सकेण्डमा पुरा गदैै विजेता बनेकी हुन  भने तामाङले ३१ मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै विजेता बने । यसैगरि पुरुष तर्फ नेपाल पुलिसका नागेश्वर ऐरले ३२ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै दोस्रो, काठमाण्डौका गणेश सिह रावतले ३२ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै तृतिय तथा सन्जिब नेपाली ३४ मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै चौथौ तथा मुगुका अक्कल बडवालले ३५ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै पाचौ भए ।

खुला १० किलोमिटरमा महिलातर्फ त्रिभुवन आर्मी क्लबकी पुर्णराज्य लक्ष्मी न्यौपाने ३६ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै दोस्रो, नेपाल एपिएफ क्लबकी पुष्पा भण्डारीले ३७ मिनेट २९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो तथा एपीएफकै आशा रावल ३९ मिनेट ५ मिनेटमा दुरी पार गर्दै चौथौ तथा कास्कीकी नारायणी भण्डारीले ४२ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै पाँचौ भए । प्रतियोगिताको ५० वर्षमुनीको ५ किलोमिटर दौड पुरुषतर्फ अर्घाखाचीका शिव रायमाझीले १५ मिनेट १७ सकेण्डमा दुरी पार गर्दै प्रथम भए । कपिलबस्तुका अजय पाण्डे क्षेत्रीले १५ मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै द्धितिय, बर्दियका मुकेश थारु १६ मिनेटमा २ सेकेण्डमा दुरी पार गर्दै तृतिय तथा नवलपरासीका प्रेमलाल कोहार १६ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै चौथो भए ।

महिलातर्फ बर्दियाकी पुजा पछाई १९ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै प्रथम भईन । रूपन्देहीकी तेजमाया कुवरले १९ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै दोस्रोे भईन । रूपन्देहीकी प्रकृति घिमिरे २० मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भईन । कपिलबस्तुकी प्रतिमा केवटले २१ मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै चौथो भईन ।यसैगरि ५० वर्षभन्दा माथि ५ किलोमिटरमा तर्फ रूपन्देहीका युवराज राना २१ मिनेट ३ सेकेण्डमा दुरी पार गर्दै प्रथम भएका छन । यसैगरि गोबिन्द थापा २२ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै दोस्रो, गुल्मीका केशरसिह महरा २३ मिनेट २४ सेकेण्डमा दुरी पार गर्दै तृतीय, टेक बहादुर बुढाथोकी २३ मिनेट ३१ सेकेण्डमा दुरी पार गर्दै चौथौ भए ।महिलातर्फ गोमा सुवेदी प्रथम, दोस्रो कविता पाठक भए । एक समारोहका बिच दौडका सदभावदुत बैकुष्ठ मानन्धर, लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री बिष्णु पन्थी, बैकका अध्यक्ष थानेश्वर पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले विजेता, उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका छन ।

प्रतियोगितामा १० किलोमिटर पुरुष र महिला दुबै विधाको खुलातर्फ विजेताले नगद १ लाख रूपैयाँ, उपविजेताले नगद ४० हजार, तेस्रो चौथो, पाचौलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँबाट पुरस्कृत गरिएको छ । यसैगरि स्थानिय धावकको ५ किलोमिटर दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिको गरि दुई विधामा पुरुष, महिलाको विजेताले नगद १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार ५ सय रूपैयाबाट पुरस्कृत गरिएको छ ।यसैबिच बैकले वार्षिकोत्सवको अवसरमा ओलम्पियन धावक तथा १० के रनका सदभावना दुत बैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरेको छ । ३ विधामा आयोजित दौड प्रतियोगिताका विजेता–उपविजेताका लागि ५ लाख रूपैयाँ पुरस्कार राशी रहेको थियो । खुला, स्थानीय ५० वर्षसम्म र ५० वर्षभन्दा माथि गरि ३ विधामा आयोजना हुने प्रतियोगिता कखरा ईभेन्टमा सहकार्य, राष्ट्रिय खेलकुद परिषद र नेपाल एथलेटिक्स संघको स्विकृतीमा संचालन भएको हो । सामाजिक उत्तरदायित्वसंगै वातावरण जोगाउने गरि १७ हजार बोट बिरुवा वृक्षारोपण गरेको छ । काठमाडौ बाहिर हेड अफिस भएको एकमात्र राष्ट्रिय विकास बैक हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस