×
Lagani
Lagani Shiksha gif
नेपाल माइक्रो इन्स्योरेन्सले पायो आईपीओ निष्काशनको अनुमति , कहिले होला निष्कासन ?



नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले शेयर बजारमा प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ।

पुस २५ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो। यो सेयरको कुल मूल्य २२ करोड ५० लाख रुपैयाँ हुनेछ, जसलाई प्रति कित्ता १०० रुपैयाँमा बिक्री गरिनेछ।

Lagani Shiksha gif
sharehubapk नेपाल माइक्रो इन्स्योरेन्सले पायो आईपीओ निष्काशनको अनुमति , कहिले होला निष्कासन ?

आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस् क्यापिटलले पाएको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता शेयर सार्वजनिक गर्नेछ, भने बाँकी ७० प्रतिशत शेयर संस्थापक समूहका लागि सुरक्षित रहनेछ।अब छिटै पहिलो चरणको आईपीओ निष्काशन गर्ने कम्पनीले जनाएको छ।

नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरूलाई चुक्तापुँजीको ३० प्रतिशत सर्वसाधारणबाट संकलन गर्न निर्देशन दिएको थियो। यसअघि गार्डियन माइक्रो लाइफले पनि आईपीओ जारी गर्ने अनुमति पाइसकेको थियो। बीमा क्षेत्रमा नयाँ सम्भावना खोल्न कम्पनीको यो कदमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस