×
Lagani
Lagani Shiksha gif
गार्डियन माइक्रो लाइफको आईपियो निष्कासन मिति सार्बजनिक।



नेपालको पहिलो लघु बीमा कम्पनी, गार्डियन माइक्रो लाइफले पुस २१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला गर्ने भएको छ। यसअघि, कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई आइपीओ जारी गरी बाँडफाँट गरेको थियो, र अब दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ खुला गर्न लागेको हो।

कम्पनीले ७५ करोड रुपैयाँको चुक्तापुँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ। पहिलो चरणमा, कम्पनीले कुल अनुमतिको १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई मंसिर १९ देखि पुस ३ गतेसम्म बिक्री गरेको थियो।

Lagani Shiksha gif
sharehubapk गार्डियन माइक्रो लाइफको आईपियो निष्कासन मिति सार्बजनिक।

दोस्रो चरणमा, कम्पनीले ६७,५०० कित्ता (३%) आफ्ना कर्मचारीहरूका लागि, १,१२,५०० कित्ता (५%) सामूहिक लगानी कोषका लागि र बाँकी १८,४५,००० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। यसमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ। तर उक्त अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा आवेदन प्रक्रिया माघ १० गतेसम्म लम्बिनेछ।

आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन कुमारी क्यापिटल, सी-आस्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था, र सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीमार्फत दिन सकिनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस