MFLD85 1050 -20 HEI 648 -10 HEIP 381.8 20.8 MLBSL 2000 -26 PBD88 1102.1 2.1 CIZBD86 1060 -10 NMB 263.9 -7.1 SNMAPO 190 0 DDBL 916.2 3.1 NRN 905 -8 GBIME 256.1 -4.4 BNHC 466.9 0.7 CYCL 1540 -7 LVF2 9 0 LBLD86 1081 -0.2 MATRI 1405 -8 RURU 740 -9.8 SONA 473.2 -7.8 NICBF 9.3 -0.08 JFL 655 6 PMLI 562 1 NMB50 10.3 0.05 GUFL 735 5 UMHL 308 -4 GBBLPO 205 0 JSLBB 1513.9 38.9 SARBTM 765 -5 BOKD86 1040 18 LICN 1995.9 -27.1 GMFIL 623 1 CHDC 1684 -35.9 NIMBPO 176.9 -1.1 SNLI 585.1 -0.9 RFPL 532 11.1 H8020 10.2 -0.05 EHPL 840 7.9 SBLD89 1200 16.1 RAWA 889 29 AHPC 267 -0.6 MCHL 488.3 -3.7
×
राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट



काठमाडौं, मंसिर ०९ । नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आईतबार अमेरिकी डलरको भाउ ८ पैसाले घटेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । शुक्रबार डलको खरिददर १३४ रुपैयाँ ९० पैसा र बिक्रीदर १३५ रुपैयाँ ५० पैसामा यसको खरिदबिक्र भएको थियो । 

 आइतबार युरोपियन युरो को भाउमा ओरालो लागेको छ । आज युरो एक रुपैयाँ ५३ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ५२ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ १४ पैसा तोकिएको छ । शुक्रबार भने युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ०४ पैसा बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा तोकिएको थियो ।   

 आइतबार बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ७६ पैसाले घटेको हो । यसअघि शुक्रबार पाउण्डको खरिदमूल्य १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा कायम थियो ।

त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर ३७ पैसाले घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा तोकिएको छ यसैगरी, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८० पैसा रहेको छ । 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७३ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७७ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६३ पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३० रूपैयाँ १८ पैसा र बिक्रीदर ३० रूपैयाँ ३१ पैसा कायम गरेको छ ।

यसैगरी, आइतबारको लागि कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ र बिक्रीदर ४३९ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५९ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस