HEI 648 -10 SGIC 641.2 -4.8 MBL 255 -4 SMATA 875 -16 NUBL 730 2.8 MATRI 1405 -8 CHCL 568.9 -8.1 PCBL 292 -2 NMB 263.9 -7.1 ENL 1102 -18 NICD83/84 1062 -19 NIL 912 8 SNMAPO 190 0 ILI 483.5 -2.5 RMF2 9.21 -0.13 KBSH 2386 -9 SJLIC 477 -7.5 MEHL 380.1 -19.9 BHDC 583 5.4 JBLB 1534 -3 KBLD86 1115 0 GBIME 256.1 -4.4 UNHPL 266 0 SMJC 574 -6 LEC 276.8 -6 KSY 9.22 -0.19 NBF3 9.04 0.17 PPL 461 -2.5 MHL 725 3.5 HLBSL 1010 -10 ILBS 980 -21.5 RAWA 889 29 DORDI 429 -3.3 SMPDA 910 -1 IGI 600 -4 SMB 1809 4 UNLB 2527 -3.9 KKHC 260 -2 UAIL 639 -1 SIFC 628 10
×
डिजिटल कारोबारमा लाग्ने भ्याट संशोधन गर्दै सरकार।



चारैतिरबाट आलोचना भए संगै सरकारले विद्युतीय भुक्तानीमा लाग्ने मूल्य अभिवृद्धि कर संशोधनको तयारी गरेको छ ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले भ्याट छुट पाउने सेवा सूचीमा रहेको ‘समाशोधन गृह’ हटाएपछि कारोबारमा १३ प्रतिसत भ्याट लाग्ने गरेको थियो। छिमेकी देश भारतमा सबै निशुल्क हुदा नेपालमा अझै १३ प्रतिसत शुल्क लिदा जनताहरु आक्रोसित बनेका थिए।

कुनैपनि बैंकहरु भ्याटमा दर्ता नहुने भएकाले यो सम्पूर्ण शुल्क ग्राहकले नै तिर्नु पर्ने थियो। त्यसकारण पहिले अन्तरबैंक फण्ड ट्रान्सफर गर्दा फोन पेले १० रुपैयाँ शुल्क लिन्थ्यो भने कर लगाएपछि ११ रुपैयाँ ३० पैसा लिइरहेको छ । पहिले ८ रुपैयाँ शुल्क लिने एनसीएचएलले ९ रुपैयाँ ४ पैसा लिइरहेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालयलाई भ्याटको व्यवस्था संशोधन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेका छन् । प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा गरेको एउटा पोस्टमा भ्याट फिर्ता गर्न गृहकार्य भइरहेको संकेत थियो ।

डिजिटल कारोबारको सेवा शुल्कमा भ्याट लाग्ने भएपछि नेपाल राष्ट्र बैंकले यसलाई हटाउन सरकारलाई सुझाव दिएको थियो । अब सरकारले सानो आकारको कारोबारमा यो शुल्क हटाउने तयारि गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस