PCBL 292 -2 VLBS 902.5 -7.5 RAWA 889 29 MBL 255 -4 SALICO 747 -9.1 H8020 10.2 -0.05 JFL 655 6 RMF1 9.15 -0.1 GMFIL 623 1 NMB50 10.3 0.05 SWBBL 1065 2.1 MFLD85 1050 -20 KMCDB 1027.8 -11.1 PBLD87 1028 -2 NLO 242.1 0 CIZBD90 1081 1 NMFBS 1435 1 C30MF 9.74 0 HURJA 220 -4.6 NIBLSTF 8.68 0 SONA 473.2 -7.8 MHNL 265.5 -0.5 API 289.5 2.5 ICFC 823.9 74.9 FMDBL 758 -0.1 RHPL 364 -5.2 LBBLD89 1208.5 23.5 OHL 925 -9 NICBF 9.3 -0.08 BHL 440 -13 JSLBB 1513.9 38.9 SJCL 326 -3.7 NLICL 606 -4 ALBSL 1040 -4 PBD88 1102.1 2.1 RLFL 625 6.9 KDL 1059 16 ENL 1102 -18 BGWT 934.9 -21.1 CITY 805 -17
×
गृहमन्त्री लेखकद्वारा विपदका घटना बारे संसदमा जानकारी



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले  विपदका घटनाको प्रतिनिधि सभामा जानकारी दिएका छन् ।

संसदमा बोल्दै गृहमन्त्री लेखकले जेठ २८ देखि हालसम्म १ हजार ५९२ घटना विपदका घटना भएको र सो क्रममा १३० जनाको मृत्यु  भएको  १४४ जना घाइते भएको जानकारी दिएका छन् । 

त्यस्तै ४८ जना वेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी  भएको उनले बताए । यसबर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको भन्दै ४३ वटा पुल र २ सरकारी भवन भत्किएको तथा ४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवालाई सुरक्षित स्थानमा सारिएको उनले संसदमा बताए ।

प्राकृतिक विपदबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र  विपदपछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको अवस्था छ ।  ती सुरक्षाकर्मीले ९८९ जनालाई उद्धार गरेको तथा उद्धारमा कतिपय स्थानमा नेपाली सेना समेत खटिएको अवस्था छ ।  प्रभावितहरुलाई आवस्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा  मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको छ ।

त्यस्तै उनले ४८ जना वेपत्ता भएकाहरुको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलव्ध गराउने निर्णय भएको छ । घाइते १४४ जना मध्ये ५ उपचाररत छन् भने बाँकी सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर सइसकेको जानकारी दिए ।

उनले भने- 'घाइतेको उपचारमा तीनै तहका सरकार खटेको अवस्था छ । ९ जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । असार २८ मा चितवनको सिमलतालमा बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जना मध्ये हालसम्म २४ जनाको शव फेला परेको छ । १९ जनाको पहिचान भइ आफन्तले शव बुझिलगेका छन् भने पाँच जनाको पहिचान हुनु सकेको छैन । बाँकी ४३ जनाको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले खोजी कार्य गरिरहेको छ । खोजी कार्यका लागि ३६८ सुरक्षाकर्मी अहोरात्र खटिएको अवस्था छ ।'

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस