PHCL 465.1 -9.9 UMRH 475 -1.9 KDBY 9.21 -0.23 SBD87 1048 11.9 AKPL 248.5 -2.5 HIDCL 270.7 -4.1 NIL 912 8 PFL 652 -1 GBLBS 738 -10 SBLD84 1040 19.3 MSHL 938 3 PPL 461 -2.5 SHIVM 599 -8 MANDU 885 -14 MMKJL 543.6 9.6 SAGF 9.31 0.01 SALICO 747 -9.1 FOWAD 1479 0 KBLD89 1156 1 HDHPC 208.8 -4.1 NBBD2085 1100 0 KPCL 493 -0.8 NRIC 803 -5 FMDBL 758 -0.1 SLBBL 958.9 -4.2 NLG 1317 2 EHPL 840 7.9 DHPL 242 1 RADHI 397.9 7.9 RIDI 235 0 SGIC 641.2 -4.8 SLCF 9.21 -0.1 SMPDA 910 -1 NBLD85 1025 0 PBD85 1079.9 19.9 BHL 440 -13 GILB 1268.4 4.4 NBL 292.2 1.2 SBCF 9 -0.2 CYCL 1540 -7
×
आज असार १५: जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाइदै



काठमाडौँ ।  आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ ।  

कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । आज २१औँ धान दिवस ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि ’ भन्ने नाराका साथ मनाइँदैछ ।

प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो । हाम्रो सन्दर्भमा धानले आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व राख्दछ । यसर्थ, धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्दति पनि हो । धानमा अन्तर्निहित यिनै विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ ।

यसै सन्दर्भमा यस वर्ष "जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि" भन्ने नाराका साथ २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, २०८१ विभिन्न कार्यक्रमहरु सहित मनाउन लागिएको छ । जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्वन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरुलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने सन्देश यस वर्षको नाराले दिएको छ ।

यस वर्षको २१औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको उपलक्ष्यमा आषाढ १४ मा नेपाल कृषि अनुसन्धान परिषद् परिसर खुमलटारमा राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने माननीय सदस्यज्यूको प्रमुख आतिथ्यतामा आइआरआरआई र बिआरआरआईका प्रतिनिधिहरु एवं अन्य सरोकारवालाहरुको सहभागितामा धान विशेष अन्तरक्रिया कार्यक्रम (राइस सिम्पोजियम) सञ्चालन हुने तय गरिएको छ ।

आज चितवनको बछौलीमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा रोपाइँ मूल समारोह गरी राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस