SAHAS 505 28 NABIL 594 3 MEL 292 2 GBBL 447 -6 CZBIL 242 -10 NMBMF 695 -10 AVYAN 909 -6 NBF3 9.04 0.17 EHPL 840 7.9 SAGF 9.31 0.01 HRL 861 -4 TRH 1118 -5 NICD88 1032 -21 NMFBS 1435 1 SAMAJ 3321.1 1.1 MBL 255 -4 UAIL 639 -1 HEIP 381.8 20.8 MND84/85 1030 2 NMLBBL 769 -11 OHL 925 -9 NBL 292.2 1.2 NIBD2082 1099 0 SBD87 1048 11.9 UPCL 262.2 -2.7 GBILD86/87 1030 4 SCBD 1111 6 TAMOR 482.9 -2.1 BPCL 449 -7 HLBSL 1010 -10 NHDL 570 0 MMF1 8.98 0.1 JBLB 1534 -3 EBLD86 1040 -2 LLBS 1050 5 SIGS3 9.45 0.09 BEDC 470 0 SMH 1064.8 5.9 C30MF 9.74 0 KSY 9.22 -0.19
×
नामिबियासँग टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल



काठमाडौं, ९ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नामिबियाबीच खेल हुँदैछ।

यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। जस अनुसार नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

आजको खेलमा नेपालले एक परिवर्तन गर्दै गुलशन झाको ठाउमा  करण केसीलाई टिम सामेल गरेको छ।

यस अघि नेपालले पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। त्यस्तै नामिबियाले नेदरल्याण्डससँग हार बेहोरेको थियो।

नेपाल र नामिबियाबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन्। जसमा नामिबियाले ४ खेल जितेको छ भने नेपालले २ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन।

नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र ललित राजवंशी।

लिग- २ मा ८ देश खेलिरहेका छन्। जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्।

आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

सिरिजको खेल तालिका:

फागुन ११ गते शुक्रबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्स।
फागुन १३ गते आइतबार- नेपालविरुद्ध नेदरल्यान्ड्स।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस