ICFC 823.9 74.9 CGH 909 -5 GBBL 447 -6 SHIVM 599 -8 CZBIL 242 -10 SMJC 574 -6 MFIL 768 48 SJCL 326 -3.7 C30MF 9.74 0 SBLD89 1200 16.1 MKJC 467.9 -1 SHEL 242.9 -4.7 GCIL 498 -5.8 PMLI 562 1 MSLB 1564 -70 MHCL 410 -7 RMF2 9.21 -0.13 CIT 2195 0 GIBF1 9.69 0.1 NSIF2 10.52 0.02 PSF 9.51 -0.09 BARUN 379 -6.1 RHPL 364 -5.2 NIBSF2 8.9 0.08 SEF 9.51 -0.24 NICLBSL 705.5 -7.5 TVCL 461 1 USLB 1467 -2.9 CKHL 632 -8 HHL 439 -3.2 MBL 255 -4 NUBL 730 2.8 BBC 4255 50 LSL 253.5 -5.5 RSDC 735 0 GBIME 256.1 -4.4 SMFBS 1505.2 6.2 BFC 625 9.1 SMATA 875 -16 DORDI 429 -3.3
×
अरुण काबेली पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन।



अरुण काबेली पावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज आइतबार (भदौ ३१ गते) अन्तिम दिन हो ।

यसमा आजसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जानकारी गराएको छ । यसले भदौ ११  गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

यस कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

उक्त हकप्रद सेयरका लागि यसले असार २५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउने छन् । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता औसत सुरक्षित रहेको संकेत गर्दछ ।

हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथलीबाट आवेदन दिन सकिनेछ । उक्त स्थानबाट आवेदन दिंदा चेकमात्र भुक्तानी हुने कम्पनीले जनाएको छ । हिमालयन र नबिल बैंकको तोकिएको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब  ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि यसको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस