×
Lagani
Lagani Shiksha gif
फोनपे र युपिआईले गरे नेपाल-भारत क्रस बोर्डर क्युआर भुक्तानीको थालनी ।



नेपालको भुक्तानी सञ्चालक फोनपे र नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा ‘एन.आई.पी.यल’ द्वारा नेपाल र भारत बीच पहिलो क्रस बोर्डर क्यु.आर भुक्तानी सेवा सुरु गर्ने भएको छ।

यो सम्बन्धी साझेदारीको सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो । फोनपे, र एन.आई.पी.यल बिचको यो सहकार्यले दुवै मुलुकका लाखौँ नागरिकहरूलाई यी दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यु.आर कोड मार्फत सुरक्षित र सहज रूपमा  भुक्तानी गर्न मदत गर्ने कम्पनीको दाबी छ।

Lagani Shiksha gif

उक्त सेवाको लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेको जानेका छन् । यसको प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ। प्राविधिक एकीकरणको समाप्ति पश्चात् यी दुई कम्पनीहरू आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरूलाई सेवा प्रदान गर्न सक्षम हुने जनाइएको छ ।

कम्पनीले लाखौँ  उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिने दाबी गरेको छ। दुई कम्पनी बिचको यस रणनीतिक साझेदारीले दुवै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढवा दिने र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि  एउटा प्रमुख पाइलाको रुपमा साबित हुने विश्वास लिएको जनाएका छन्।

फोनपेका सभापति तथा एफ.वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालका अनुसार, “यो उल्लेखनीय प्रक्षेपण, दुवै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबिचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्त्वपूर्ण कदम हो। यस पहलले दुई देश बिचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्त्वपूर्ण योगदान  पुर्‍याउनेछ र अन्ततः समृद्धि र विकासलाई बढवा दिनेछ ।”

सोही अवसरमा बोल्दै, एन.पीसी.आई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड ले भने, “यस पहलले नवप्रवर्तन प्रति रहेको हाम्रो प्रतिबद्धतालाई जनाउँछ। यु.पि.आई एप्सले सहज क्रस बोर्डर भुक्तानीहरूलाई सक्षम पार्नेछ र मानिसहरूको कारोबार गर्ने तरिकालाई वृद्धि गर्नेछ। फोनपेसँगको यस साझेदारीलाई हामीले वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेका छौँ।”

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस