×
प्रभु इन्स्योरेन्सको नाफामा १६ दशमलव १७ प्रतिशतको वृद्धि



प्रभु इन्स्याेरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विरणअनुसार असोज मसान्तसम्ममा छ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा १६ दशमलव १७ प्रतिशतले वृद्धि गरेको हो । समीक्षा अवधिसम्ममा कम्पनीको खुद बिमा शुल्क आम्दानी छ दशमलव १४ प्रतिशतले बढेर २३ करोड ६५ लाख ८६ हजार रुपैयाँ पुगेको छ । कम्पनीकाे बिमा कोषमा ८३ करोड २८ लाख रुपैयाँ छ ।

प्रभुको जगेडा कोषमा नौ दशमलव ७६ प्रतिशतले बढेर २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ जम्मा भएको छ । यस अवधिसम्ममा इन्स्याेरेन्सको प्रतिसेयर आम्दानी भने छ रुपैयाँ कायम भएको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस