×
बिमा कम्पनीको नाफा १९.८७ प्रतिशतले बढ्यो, अन्य सूचक यस्तो



राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तीन महिनामा कम्पनीले ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।यो नाफा गत वर्षको तुलनामा १९.८७ प्रतिशत बढी हो । गत वर्ष यस कम्पनीले ५ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कर्जा तथा अन्य लगानीबाट हुने आम्दानीमा पनि बढोत्तरी भएको छ ।

यस अवधिमा कम्पनीले सात करोड ३६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष पाँच करोड ९९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले कर्जा तथा अन्य लगानीबाट यो त्रैमासमा ६ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्ष ६ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो । तीन महिनामा कम्पनीले बिमा कोषको आकार ८.१७ प्रतिशतले बढाएर दुई अर्ब ४६ करोड रुपैयाँ पुर्‍याको छ । गत वर्ष यसको बिमा कोषमा दुई अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको हाल चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस कम्पनीको जगेडा कोषमा तीन अर्ब १७ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ९३ रुपैयाँ १४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १ हजार २९२ रुपैयाँ ४६ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस