UMRH 475 -1.9 MHNL 265.5 -0.5 GLH 244 -2 KPCL 493 -0.8 GCIL 498 -5.8 SAGF 9.31 0.01 CHDC 1684 -35.9 NICAD8283 1169.8 86.8 FOWAD 1479 0 C30MF 9.74 0 SBL 345 -8.1 ALICL 714.5 -1.2 SMPDA 910 -1 MEL 292 2 VLBS 902.5 -7.5 STC 5908 9 SBLD89 1200 16.1 NMB50 10.3 0.05 BPCL 449 -7 NIBD84 1030 -20 EBL 605 5 PBD88 1102.1 2.1 SPC 520 5 MMKJL 543.6 9.6 RBCL 17071 -109 SMJC 574 -6 NICA 452 -13 NUBL 730 2.8 KBL 234 -6.9 NFS 1350 -43 SBI 482.9 -6 TVCL 461 1 ULHC 390 -7.9 PROFL 655 7 GMFBS 1512.1 -16.9 SBID83 1098 8.7 SAPDBL 569.6 -7.4 CFCL 647 27.1 NRN 905 -8 DORDI 429 -3.3
×
माण्डु हाइड्रोपावरको आईपीओ बिक्री खुला



माण्डु हाइड्रोपावर लिमिटेडले बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम भाउमा आईपीओ निष्कासन गरेको हो ।

यस कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय बासिन्दाका लागि जारी गरेको छ । यसले १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर कुल २०६ रुपैयाँका दरमा आईपीओ बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा ललितपुर जिल्लाको बाग्मती गाउँपालिकाको वडा नं १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, मकवानपुर जिल्लाकोे भिमफेदी गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ तथा इन्द्र सरोपर गाउँपालिकाको वडा नं ३ का स्थानीय बासिन्दाले पनि यसमा आवेदन दिन सक्नेछन् ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन हुनेछ। दुवै समूहका लगानीकर्ताले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले यसमा साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन ११ गतेभित्र आवेदन दिनुपर्नेछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षित रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु क्यापिटलको कार्यालय, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस