×
Lagani
Lagani Shiksha gif
गुराँस लाइफको खुद नाफा चार दशमलव १५ प्रतिशतले घट्यो



गुराँस लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्त सम्ममा कम्पनीको खुद नाफा चार दशमलव १५ प्रतिशतले घटेर चार करोड नाै लाख ९९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने चार करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

Lagani Shiksha gif
sharehubapk गुराँस लाइफको खुद नाफा चार दशमलव १५ प्रतिशतले घट्यो

समीक्षा अवधिमा गुराँसको खुद बिमा शुल्क आर्जन पनि १० दशमलव ३० प्रतिशतले घटेर ८६ करोड ३३ लाख आठ हजार रुपैयाँ मात्र छ । जीवन बिमा कोषको आकार भने २७ दशकमलव ८७ प्रतिशतले बढेर १० अर्ब ८८ करोड १८ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।तीन महिनामा कम्पनीको जगेडा कोषमा सामान्य सुधार आएको छ ।

यस अवधिसम्ममा इन्सुरेन्सको चुक्ता पुँजी एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ छ ।१० मंसिरमा आयोजना हुने आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारणसभाले पाँच दशमलव ५० प्रतिशत बोनस सेयर परित गरेपछि कम्पनीको पुँजी दुई अर्ब आठ करोडभन्दा बढी हुनेछ ।

असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी आठ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २५ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस