×
गुराँस लाइफको खुद नाफा चार दशमलव १५ प्रतिशतले घट्यो



गुराँस लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्त सम्ममा कम्पनीको खुद नाफा चार दशमलव १५ प्रतिशतले घटेर चार करोड नाै लाख ९९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने चार करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा गुराँसको खुद बिमा शुल्क आर्जन पनि १० दशमलव ३० प्रतिशतले घटेर ८६ करोड ३३ लाख आठ हजार रुपैयाँ मात्र छ । जीवन बिमा कोषको आकार भने २७ दशकमलव ८७ प्रतिशतले बढेर १० अर्ब ८८ करोड १८ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।तीन महिनामा कम्पनीको जगेडा कोषमा सामान्य सुधार आएको छ ।

यस अवधिसम्ममा इन्सुरेन्सको चुक्ता पुँजी एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ छ ।१० मंसिरमा आयोजना हुने आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारणसभाले पाँच दशमलव ५० प्रतिशत बोनस सेयर परित गरेपछि कम्पनीको पुँजी दुई अर्ब आठ करोडभन्दा बढी हुनेछ ।

असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी आठ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २५ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस