Sep 27,2023 
12:04 PM
Live :
SBI      330
0.15 % 1
EBL      580
0.05 % 0
NICA      783
-0.71 % -6
KBL      160
-0.62 % -1
SHL      450.1
-0.42 % -2
OHL      745
0 % 0
NHPC      158
-2.47 % -4
BPCL      313
-0.63 % -2
CHCL      500.1
-1.36 % -7
STC      5500
-0.01 % -1
DDBL      790
0 % 0
SANIMA      286
0.46 % 1
UAIL      585
-0.02 % -0
NIL      873
0 % 0
LICN      1408
-0.21 % -3
SICL      765.1
0 % 0
BFC      316
-1.25 % -4
GFCL      450
-1.32 % -6
HDL      1979
-0.1 % -2
NMB      218
0.14 % 0
PRVU      162
-0.12 % -0
GMFIL      369
-1.6 % -6
EDBL      325
-3.27 % -11
GBIME      209.8
0.05 % 0
PCBL      185
-0.22 % -0
LBBL      403.3
-1.15 % -5
MDB      419
-1.41 % -6
ALICL      685.1
0.16 % 1
ADBL      265
1.92 % 5
MLBL      326
-0.31 % -1
JBBL      307.3
-0.55 % -2
NABIL      591.2
-0.47 % -3
NIMB      177.4
-0.17 % -0
SCB      550
0 % 0
HBL      205.4
-0.53 % -1
MBL      218
-1.8 % -4
LSL      188.2
-0.16 % -0
SBL      260
-0.38 % -1
TRH      741.2
-1.17 % -9
BBC      3774
-2 % -77
NUBL      630
0 % 0
CBBL      962
-0.1 % -1
NICL      800
0.13 % 1
NLICL      582.3
-0.8 % -5
HEI      558
-1.93 % -11
SPIL      732.5
-0.75 % -6
PRIN      681.1
-1.86 % -13
SALICO      721
1.41 % 10
IGI      517.8
1.11 % 6
NLIC      690
0 % 0
NFS      316.1
-1.53 % -5
GUFL      545
-1.8 % -10
CIT      2006
-0.2 % -4
UNL      35444
0.5 % 178
PFL      356.8
-0.86 % -3
CFCL      352
-1.68 % -6
JFL      360
-1.64 % -6
SFCL      287
-0.97 % -3
SWBBL      810
-0.37 % -3
ICFC      490
0 % 0
NTC      872
-0.11 % -1
NIMBPO      147.5
-1.8 % -3
MPFL      303.1
-0.72 % -2
SADBL      313.5
-2.03 % -7
SHINE      390
-0.51 % -2
NBL      252
0.44 % 1
SKBBL      906.6
-0.37 % -3
SHPC      356.1
-1.08 % -4
KMCDB      643.9
-1.99 % -13
MLBBL      773.3
-1.99 % -16
SHINEP      185
0 % 0
MMFDB      627
0.48 % 3
BARUN      244
0 % 0
VLBS      620
-0.14 % -1
JSLBB      933
-0.11 % -1
NMBMF      526.3
2 % 10
HIDCL      174.9
-0.62 % -1
NGPL      225
-0.88 % -2
GRDBL      320.2
-0.99 % -3
KKHC      188
-3.19 % -6
NEF      9.8
-1.21 % -0
DHPL      159
-0.63 % -1
AKPL      205.1
-1.39 % -3
FOWAD      1280
0 % 0
SPDL      191
-1.04 % -2
UMHL      195
-1.52 % -3
HPPL      238.1
-3.21 % -8
MSLB      804
-1.95 % -16
SAEF      11.94
1.53 % 0
RADHI      234.1
-1.22 % -3
PMHPL      178.2
-3.15 % -6
PROFL      321.7
-0.4 % -1
CZBIL      188
0.05 % 0
AHPC      234
-0.85 % -2
HLI      437
0 % 0
SJLIC      555
-0.04 % -0
GBBL      382.2
-1.72 % -7
KRBL      283.9
-0.35 % -1
CORBL      332
-1.78 % -6
KSBBL      323
0.94 % 3
MNBBL      395
-0.75 % -3
FMDBL      674
-0.63 % -4
MFIL      528.1
-0.92 % -5
SLBBL      681
-2.84 % -20
NLG      785
-0.88 % -7
GBLBS      511.3
-2.61 % -14
RLFL      338.5
-0.67 % -2
RIDI      219
0 % 0
LLBS      697
-3.86 % -28
HLBSL      677
-4.11 % -29
KLBSL      734
-1.18 % -9
API      195
0.26 % 1
HEIP      389.1
-1.99 % -8
GILB      885
-1.34 % -12
SWMF      641
-0.77 % -5
MERO      555
-0.89 % -5
NMFBS      1110
-2.02 % -23
RSDC      590
-1.5 % -9
NMBHF1      11.31
-0.35 % -0
NIBLPF      9.13
-3.69 % -0
SMATA      655.1
0 % 0
KPCL      350
1.45 % 5
AKJCL      171
0 % 0
GHL      200.1
-2.39 % -5
ALBSL      705.2
-1.92 % -14
MHNL      212.6
-1.57 % -3
PPCL      242
-1.22 % -3
GLBSL      703
0 % 0
ILBS      659.9
1.77 % 12
SIGS2      8.98
9.91 % 1
NMB50      11.06
-1.6 % -0
SFMF      11.67
3.64 % 0
HDHPC      136.9
-1.44 % -2
NRIC      688.1
-0.25 % -2
NICLBSL      671.3
-1.78 % -12
LEC      172
0.58 % 1
SSHL      166.2
-0.48 % -1
MEN      861
-1.37 % -12
CGH      1200
-0.08 % -1
MLBSL      1876
0 % 0
KEF      8
1.01 % 0
CHDC      1018.6
-2.06 % -21
PSF      9.17
-0.11 % -0
SRLI      499
-1.19 % -6
LBLD88      772.1
-1.71 % -13
MMF1      7.28
2.1 % 0
SPC      422
-1.86 % -8
NYADI      221
-2.64 % -6
MBJC      285.3
-2.43 % -7
JALPA      1159
1.66 % 19
NESDO      1815
-0.55 % -10
CHL      241
-3.21 % -8
NHDL      365
1.39 % 5
SEF      8.4
1.2 % 0
NADEP      535.4
-1.67 % -9
JOSHI      224
-0.88 % -2
ACLBSL      576.3
2 % 11
UPPER      221.9
0.68 % 2
SLBSL      764
-1.93 % -15
SHIVM      555
-0.18 % -1
UPCL      198
-0.5 % -1
GMFBS      700
-2.37 % -17
HURJA      256.9
-6.21 % -17
UNHPL      185
0.6 % 1
NBF2      8.72
-0.8 % -0
RHPL      284
0 % 0
SJCL      278
-1.59 % -5
SABSL      637
-1.85 % -12
SDLBSL      626.2
-1.7 % -11
NRN      437.2
-1.53 % -7
SGIC      574.1
-1.02 % -6
UMRH      386.3
-1.95 % -8
NIFRA      199.5
-1.58 % -3
SLCF      7.32
-1.88 % -0
GLH      236
-3.08 % -8
SHEL      238.5
-3.44 % -9
RURU      777
-0.38 % -3
SBCF      7.81
-1.76 % -0
NIBSF2      6.95
-0.86 % -0
JBLB      1412
0.11 % 2
MKLB      630.1
0.33 % 2
BHL      240
0 % 0
RFPL      237
-1.66 % -4
NICFC      7.94
-0.25 % -0
KDBY      8
0 % 0
BHDC      350
-2.78 % -10
UHEWA      329.1
-4.3 % -15
MHL      360.1
-1.91 % -7
GIBF1      8.44
-5.7 % -1
RHGCL      234.1
-2.54 % -6
SBID83      935
0.16 % 2
HIDCLP      99.9
-0.99 % -1
AVYAN      661
-1.97 % -13
DLBS      647
-1.37 % -9
SIKLES      380
0 % 0
SHLB      958
0.84 % 8
PHCL      291.6
-2.8 % -8
NIBLGF      7.9
1.67 % 0
SAGF      8
1.91 % 0
UNLB      1127.1
-2.84 % -33
SPL      846
-9.57 % -90
ANLB      2022
-0.44 % -9
BPW      1144
0.71 % 8
MAKAR      260
-1.89 % -5
MKHL      286
-0.76 % -2
BEDC      238.6
-2.21 % -5
CITY      650
-0.31 % -2
PRSF      7.93
-1.25 % -0
RMF2      7.58
-0.26 % -0
MEL      188
-1.88 % -4
NRM      258.1
-0.73 % -2
MKJC      385
0 % 0
MLBS      665
0 % 0
SAHAS      454.6
-0.42 % -2
TPC      359
-2.97 % -11
NBF3      7.5
0 % 0
BNHC      350.9
-1.98 % -7
ENL      881
-1.84 % -17
GVL      376
-3.34 % -13
ULBSL      1255
-1.57 % -20
CYCL      1057
-1.22 % -13
DORDI      235
-0.84 % -2
HHL      222.4
-1.98 % -5
SGHC      250
-1.57 % -4
USHEC      264
-6.71 % -19
SPHL      404
-1.51 % -6
PPL      238.1
-3.21 % -8
NSIF2      8.86
1.84 % 0
EHPL      375
1.08 % 4
BHPL      414
-0.96 % -4
SMHL      359.5
-2.84 % -11
SMH      600
-2.6 % -16
MKHC      222
-1.33 % -3
AHL      383
-2.3 % -9
KDL      841.2
-1.72 % -15
SFEF      8
0 % 0
TAMOR      261.4
-3.19 % -9
MHCL      225
5.58 % 12
SMJC      258.1
-3.59 % -10
DOLTI      238
-1.65 % -4
MCHL      287
1.13 % 3
ILI      531.2
-1.26 % -7
GCIL      477
-1.24 % -6
TSHL      404
-3.58 % -15
KBSH      844.9
-1.64 % -14
RNLI      477
-0.15 % -1
IHL      265.2
-3.21 % -9
RAWA      363.1
-3.12 % -12
USHL      360
-3.49 % -13
LVF2      8.65
-10.08 % -1
SNLI      480
0.4 % 2
MEHL      269.9
9.05 % 22
ULHC      292.2
6.25 % 17
×
‘नेपालको बिजुली भारत र बङ्गलादेशको बजारमा पुग्दैछ’



रासस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको सन्दर्भ जोड्दै मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्ने बताए ।

IELTS PTE copy ‘नेपालको बिजुली भारत र बङ्गलादेशको बजारमा पुग्दैछ’

आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । साहस ऊर्जासँग जोडिएका सबै संघ संस्थालाई सरकारको तर्फबाट बधाई एवं धन्यवाद दिँदै प्रधानमन्त्रीले ऐतिहासिक रेकर्ड बनाएकामा साहस ऊर्जालाई थप आयोजना निर्माणका लागि आग्रह गरे ।

उनले साहस ऊर्जाको प्रयासले आगामी दिनमा निजी क्षेत्रलाई थप आयोजना निर्माणका लागि उच्च मनोबल प्रदान गरेको तथा नयाँ आयाम खडा गरेकामा प्रसन्नता व्यक्त गरे । प्रकृतिले दिएको अपार जलस्रोतको उपयोग गरेर मात्रै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि लैजान सकिने प्रधानमन्त्रीको भनाइ छ ।

आफू पहिलो पटक प्रधानमन्त्री बन्दा ठूला र रणनीतिक महत्त्वका परियोजना शुरु गर्नुपर्छ भन्ने घोषणा गरेको स्मरण गर्दै उनले क्रमशः ती आयोजना अगाडि बढेको र त्यसले मुलुकको आकांक्षालाई पूरा गर्ने बताए । दोस्रो पटक प्रधानमन्त्री बन्दा आफूले व्यावहारिक तथा प्राविधिकरूपमा लोडसेडिङको अन्त्य गरेको प्रधानमन्त्रीले पुनः स्मरण गरे ।

सबै तह र तप्काबाट दृढ इच्छाशक्तिका साथ देश बनाउने प्रतिबद्धता व्यक्त गरियो भने त्यसबाट सकारात्मक प्रभाव पर्ने, व्यापार घाटा घटाउनका लागि पनि बिजुली बिक्री नै उपयुक्त माध्यम बन्ने उनको भनाइ छ । भारतीय बजारमा मात्रै नभई, बङ्गलादेशमा समेत बिजुली बिक्री गर्न सक्ने वातावरण क्रमशः बनेको प्रधानमन्त्रीले दाहोर्‍याए ।

अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छु

प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रमा भएको विकासले ग्रीन हाइड्रोजनमा फड्को मार्ने उपयुक्त अवसर आएको बताउनुभयो । विकसित देशमा हाइड्रोजनको प्रयोगको मात्रामा गुणात्मक वृद्धि हुँदै गरेको तथ्य पेश गर्दै प्रधानमन्त्रीले नेपाल पनि क्रमशः त्यसतर्फ अग्रसर हुने उल्लेख गरे ।

प्रधानमन्त्रीले डिजेल र पेट्रोलको सवारी साधन छाडेर आफूलाई हाइड्रोजन सवारी साधन चढ्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुझाव दिएको र त्यसको तयारीमा रहेको जानकारी दिए । उनले ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनतर्फ जाने सोचका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत छलफल भएको बताए ।

निजी तथा सार्वजनिक क्षेत्रको सहकार्य बिना आर्थिक विकासको प्रक्रिया अगाडि बढ्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रले अगाडि बढाएका सबै आयोजनाको सहजीकरण गर्ने र समस्या समाधान गर्ने विश्वास दिलाए ।

मुस्ताङमा कलेज खोल्न स्वीकृति दिएको छैन

पछिल्ला दिनमा मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएको भनेर गरिएको प्रचारमा सत्यता नभएको प्रधानमन्त्री दाहालको भनाइ थियो । प्रधानमन्त्रीले मुस्ताङको एक स्थानीय तहले विश्वविद्यालय नभई कलेज खोल्नका लागि आग्रह गरेको भन्ने आफूले थाहा पाएको भए पनि नेपाल सरकारको तर्फबाट कहीँकतै स्वीकृति नदिएको बताए ।

मुस्ताङको चर्चा आउने बित्तिकै हामी सबै नेपाली संवेदनशील हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यहाँ रहेको खनिजको उपयुक्त प्रयोग गरिए देशमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने बताए । केही दिन पहिले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न अनुमति दिएको आरोप लगाएका थिए।

सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विश्वविद्यालय खोल्न कुनै निर्णय नभएको र त्यसको छानबिन गरिने बताएकी थिइन् । प्रधानमन्त्रीले मुस्ताङमा मात्रै नभई देशका अन्य स्थानमा समेत महत्त्वपूर्ण खनिज पदार्थ रहेकाले त्यसलाई उपयुक्त रूपमा उपयोग गरिने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीका रूपमा असफल हुने छुट आफूहरूलाई नभएको भन्दै उनले देश विकास र अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्रको तागत लगाइने बताए । आफूले अर्थतन्त्रको क्षेत्रमा देखा परेको समस्या समाधानका लागि पहलकदमी लिएको र केही दिनभित्रै नयाँ विश्वासका साथ देश सकारात्मक दिशामा अगाडि बढ्ने उल्लेख गरे ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संघ संस्था, बैंक, वित्तीय संस्थाका प्रतिनिधि सबैलाई बोलाएर अर्थतन्त्रमा देखा परेको समस्या समाधानका लागि छलफल गरेको प्रधानमन्त्रीको भनाइ छ । उनले सबै तह तप्का र क्षेत्रको साझा प्रयासबाट मात्रै मुलुकका सामु देखा परेको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

सोलुखोला दूधकोसी जलविद्युत् आयोजना निजी क्षेत्रले निर्माण गरेको हालसम्मकै सबैभन्दा ठूला आयोजना हो । सो आयोजनाको क्षमता ८६ मेगावाट छ । साहस ऊर्जाका अध्यक्ष हिम पाठकले पाँच सय मेगावाटसम्मका जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सक्छौँ भन्ने अनुभव आफूहरूले प्राप्त गरेको बताए ।

विनाशकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायतका कारणले अपेक्षित समयमा पूरा हुन नसकेको भए पनि ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित भएको उनले जानकारी दिए । जलविद्युत् क्षेत्रको विकासको माध्यमबाट मात्रै समृद्धि प्राप्त हुने हुँदा विद्युत् खरिद बिक्रीको इजाजतपत्र प्रदान गरिदिन उहाँले प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

आयोजनाको परीक्षण उत्पादन सम्पन्न भई हाल व्यावसायिक उत्पादन सुरु भएको छ । आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको सोलु करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजना आफैँले १२ किलोमिटर लामो एक सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरेको छ ।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रकृतिले दिएको अथाह जलशक्तिको उपयोग गरेर आर्थिक समृद्धिको मार्ग प्रशस्त हुने बताए । ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको प्रवेशपछि नै मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको भए पनि आयोजना निर्माणपूर्व सात मन्त्रालय र २१ विभाग पुग्नुपर्नेजस्ता समस्या रहेकाले त्यसको उचित सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी अभिवृद्धि भइरहेको जानकारी दिँदै उनले विद्युत् प्रवर्द्धकले स्थानीयस्तरमा भोग्नुपरेको समस्या समाधान गर्न अनुरोध गरे । अध्यक्ष आचार्यले बिजुलीको आन्तरिक खपत बढाउन तथा बाह्य मुलुकमा बिक्रीका लागि अनुमति दिन आग्रह गरे । कार्यक्रममा पूर्वसचिव रामेश्वर खनाल र अर्थशास्त्री डा डिल्लीराज खनाललगायतलाई प्रधानमन्त्री दाहालले सम्मान गरेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस