MND84/85 1030 2 SLCF 9.21 -0.1 KKHC 260 -2 HDHPC 208.8 -4.1 MLBL 398 -6.9 CYCL 1540 -7 MPFL 751 5 MBJC 321 -8 DOLTI 538 10 PFL 652 -1 PBD84 1065 1.7 MHL 725 3.5 JFL 655 6 GCIL 498 -5.8 RAWA 889 29 UNLB 2527 -3.9 MMKJL 543.6 9.6 NBBD2085 1100 0 PHCL 465.1 -9.9 NIBD2082 1099 0 NESDO 2229 -18 GIBF1 9.69 0.1 SMHL 613.1 -4 AHPC 267 -0.6 SHEL 242.9 -4.7 GMFBS 1512.1 -16.9 BHPL 655.1 -12.7 PPCL 262 -5.2 CZBIL 242 -10 MLBSL 2000 -26 PRSF 9.54 -0.11 NADEP 1030 -55 LICN 1995.9 -27.1 SDBD87 1035 4 GUFL 735 5 RHGCL 388 0 JBBL 351 -3.1 NICGF 10.56 -0.28 ALICL 714.5 -1.2 CHCL 568.9 -8.1
×
अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर



भन्सार हुँदै नियमित रुपमा आउने मालबस्तुमा अनिवार्य मार्जिन र आयतमै प्रतिबन्ध लगाउँदा भैरहवा भन्सार कार्यालयमा राजश्व संकलनमा असर परेको छ ।

जिप, कार र भ्यान लगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै राजश्व संकलनको मुख्य आधार रहेका ती बस्तुको आयात नहुँदा भन्सारको राजश्व लक्ष्यमा ठूलो गिरावट आएको हो । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले अघिल्लो वर्षको तुलनामा यस वर्ष ३१ अर्ब ७३ करोड अर्थात् ४७ प्रतिशत राजश्व संकलनमा कमि आएको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७८÷७९को पुस मसान्तसम्म १ खर्ब ६२ अर्ब ९१ करोडमा मालवस्तु आयात हुँदा ६७ अर्ब १८ करोड राजश्व संकलन भएकोमा यो आर्थिक वर्ष २०७९÷८०मा १ खर्ब १२ अर्ब ९३ करोडका मालबस्तु आयात हुँदा ३५ अर्ब ४४ करोड राजश्व संकलन भएको छ ।
जसबाट गत वर्ष लक्ष्यभन्दा ३ प्रतिशत बढि राजश्व संकलन गरेकोमा अहिले लक्ष्यको ५२ प्रतिशतले कमि छ ।

आयात गर्दा अनिवार्य मार्जिन आयातमा प्रतिबन्ध लगाएको कारण राजश्व संकलनमा कमि आएको छ । नेपालकै दोस्रो ठूलो भन्सार नााकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १३ महिनादेखि निरन्तर राजश्व संकलन लक्ष्य अनुरुप गर्न नसकेर घट्टोतरी तर्फ जाँदै छ । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार २०७८ मंसिरसम्म लक्ष्यअनुरुप सफलता हासिल भए पनि पुसपछि लक्ष्य प्राप्त नै नभई आयात घटदै गएको छ ।

आर्थिक वर्ष २०७९÷८०को सुरुवातसँगै लक्ष्य निरन्तर घट्दो क्रममा छ । पहिलो महिना साउनमा लक्ष्यको ७० दशमलव ९८ प्रतिशत राजश्व संकलन भएपनि भदौमा ६७, असोजमा ४१, कात्तिकमा ४०, मंसिरमा ३९ र पुषमा ४० दशमलव ५७ प्रतिशतमा सीमित रह्यो ।

यसको मुख्य कारण राजश्वमा योगदान गर्ने मुख्य बस्तु भन्सार यार्डमा नआउनु नै हो । २०७८ पुस ५ गतेदेखि नेपाल राष्ट्र बैक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागले ‘क’ वर्गको वाणिज्य बैक र ‘ख’ वर्गको विकास बैकलाई विभिन्न २० वटा हार्मोनिक कोडअन्तर्गतको बस्तुको एलसी खोल्दा अनिवार्य तोकिएको मार्जिन प्रतिशत लिनुपर्ने प्रावधान लागु गरेसँगै लक्ष्य पार गर्न सकस भएकोमा अहिले आएर खोलिएको र यसले लक्ष्य प्राप्तीमा सहयोग पुग्ने अपेक्षा रहेको भन्सार कार्यालय प्रमुख पौडेलले बताए ।

चालु आर्थिक वर्षमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई गत आर्थिक वर्ष भन्दा ३४ प्रतिशत बढि एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजश्व संकलन लक्ष्य दिएको छ । ६ महिना वितिसक्दा पनि लक्ष्यको २२ दशमलव ७८ प्रतिशत अर्थात ३५ अर्ब ४४ करोड २२ लाख १२ हजार राजश्व संकलन गर्न सकेको छ । अबको ६ महिनामा ७७ प्रतिशत राजश्व संकलन गर्न सके मात्रै लक्ष्य प्राप्तीमा भन्सार पुग्ने छ, जुन असहज छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस