×
स्याङ्जामा खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि पाइलटमाथि कुटपिट…



स्याङ्जाको वालिङमा फुटबल खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि पाइलट र यात्रुमाथि हातपात भएको छ ।

यो घटना बिहीबार वालिङ नगरपालिका–८ मा रहेको खेल मैदानमा भएको हो । वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेको बेला प्रभु एयरको हेलिकप्टर मैदानमै ल्याण्ड भएको थियो । खेल चलिरहेकै बेला मैदानमा प्रभु हेलिकप्टर ल्यान्ड गरेपछि आक्रोशित स्थानीयले पाइलटलाई कुटपिट गरेको स्याङ्जाकी सहायक प्रजिअ नमिता रेग्मीले जानकारी दिइन् ।

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए । उनीहरुले नै मैदानमा हेलिकप्टर उतार्न दबाव दिएकाले आफूले ल्याण्ड गरेको पाइलटले बताएका छन् ।आक्रोशित युवाको कुटाइबाट क्याप्टेन डङ्गोलको नाक तथा मुखबाट रगत निस्किएको छ।

बिना अनुमति खेल मैदानमा हेलिकप्टरलाई झारिएको हुदा कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस