×
विमानस्थल भन्सारले लिलामी गर्दै जफत गरिएका १५१ मोबाइल , न्युनतम मूल्य कति ?



त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रुबाट जफत भएका १५१ वटा मोबाइल सेट लिलामी बिक्रीमा राखेको छ ।

जफत भएका मोबाइल फोनहरु तोकिएको समयभित्र सम्बन्धित धनी सम्पर्कमा नआएमा त्यस्ता मोबाइल भन्सारले लिलामी बिक्रीका लागि राख्ने गरेको छ । समयमै भन्सार शुल्क बुझाउन नआएपछि विमानस्थल भन्सारको लिलामीमा बिक्रि गर्न लागेको हो। उक्त मोबाइल खरीद गर्न चाहानेले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन दिन पर्ने छ।

लिलामी बिक्रीका लागि राखिएका ती १५१ मोबाइलको न्यूनतम मूल्य ९३ लाख ५४ हजार रुपैयाँ तोकिएको छ । विदेशबाट फर्किने नेपाली नागरिकले आफूले चलाइरहेको मोबाइल बाहेक अरु मोबाइल ल्याएमा भन्सार शुल्क तिर्नुपर्दछ। तर तोकिएको समयमा भन्सार शुल्क तिर्न नगएमा नियन्त्रणमा लिइएको मोबाइल लिलामी बिक्रीमा राख्ने गरेको छ ।

 

 

lilami44 0612023082645 1000x0 1 विमानस्थल भन्सारले लिलामी गर्दै जफत गरिएका १५१ मोबाइल , न्युनतम मूल्य कति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस