KBSH 2386 -9 MEL 292 2 EDBL 645 -1.9 GIBF1 9.69 0.1 ICFC 823.9 74.9 AHPC 267 -0.6 PFL 652 -1 HEIP 381.8 20.8 SRBLD83 1065 -10 CHDC 1684 -35.9 KPCL 493 -0.8 MLBL 398 -6.9 SADBL 419 -1 NABIL 594 3 BOKD86 1040 18 KSY 9.22 -0.19 NMFBS 1435 1 NLO 242.1 0 GCIL 498 -5.8 CYCL 1540 -7 LICN 1995.9 -27.1 NLICL 606 -4 DDBL 916.2 3.1 NADEP 1030 -55 NFS 1350 -43 PROFL 655 7 MKHC 339 -1 FMDBL 758 -0.1 EHPL 840 7.9 NBLD87 1020 -8 BFC 625 9.1 SMPDA 910 -1 AKJCL 209 -3 KBL 234 -6.9 JSLBB 1513.9 38.9 LBLD86 1081 -0.2 CHCL 568.9 -8.1 NIBLSTF 8.68 0 MEN 631.1 -3.9 GLH 244 -2
×
संवैधानिक इजलासमा बहस : रवि लामिछानेको सांसद पद स्वत: खारेज भागी छ



उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका विषयमा शुक्रबबार सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा बहस भइरहेको हो ।

प्रारम्भमा रिट निवेदकको तर्फबाट बहस भएको छ । बहसका क्रममा रिट निवेदकका कानुन व्यवसायीहरुले रवि लामिछानेको सांसद पद खारेज भागी रहेको जिकीर गरेका छन् ।

बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु अमृत खरेल, रमण कर्णसहितका कानुन व्यवसायीले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद स्वतः खारेज हुने जिकीर गरेका हुन् ।

अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको र स्वतः खारेज भएको नेपाली नागरिकता बुझाएर प्रनिधिसभा सदस्य निर्वाचनमा भाग लिएकाले लामिछानेको सांसद खारेज हुनुपर्ने उनीहरुले माग गरेका छन् ।

नेपाली नागरिकले मात्र निर्वाचनमा भाग लिन पाउने रिट निवेदकतर्फका कानुन व्यवसायीले लामिछानेको उम्मेदवारी अवैध घोषित गरेर सांसद पद स्वतः खारेज हुनुपर्ने तर्क गरेका हुन् ।
rabi.JPG 3 संवैधानिक इजलासमा बहस : रवि लामिछानेको सांसद पद स्वत: खारेज भागी छ

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस