मनकामना स्मार्ट लघुवित्तको बोनस सेयर घोषणा

मनकामना स्मार्ट लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र मनकामनाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

साविकको मनकामना लघुवित्त र स्मार्ट लघुवित्त मर्ज भएर ११ साउन २०७७ देखि एकीकृत कारोबार भएकाले घोषित बोनस सेयरमा कर नलाग्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

साताको चर्चित

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।