RHPL 364 -5.2 MDB 630 -3.8 NICD88 1032 -21 AHL 651 2 RLFL 625 6.9 GBIME 256.1 -4.4 KSBBLD87 1093.4 18.4 CMF2 9.21 -0.1 JSLBB 1513.9 38.9 MKCL 1497 -26 BARUN 379 -6.1 SWBBL 1065 2.1 MANDU 885 -14 LSL 253.5 -5.5 TSHL 909 -11 MEHL 380.1 -19.9 MCHL 488.3 -3.7 HATHY 1322 13 AKJCL 209 -3 C30MF 9.74 0 SFEF 9.29 0.22 OHL 925 -9 HBL 260 -13 SAGF 9.31 0.01 BBC 4255 50 WNLB 2650 -80 GCIL 498 -5.8 SBLD84 1040 19.3 GHL 218.5 -1.1 CHDC 1684 -35.9 HDHPC 208.8 -4.1 NICLBSL 705.5 -7.5 LLBS 1050 5 ULHC 390 -7.9 SAMAJ 3321.1 1.1 FMDBL 758 -0.1 KBL 234 -6.9 UMRH 475 -1.9 CCBD88 1123.1 6.1 SLBSL 1398.4 21.4
×
पोखरा विमानस्थलको उद्घाटनको दिन भोलि सार्वजनिक विदा !



नागरिक उड्ययन प्राधिकरणले अंग्रेजी नयाँ वर्ष १ जनवरीका दिन (भोलि) देखि पोखरा अन्तराष्ट्रिय विमानस्थल सन्चालनको तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम उद्घाटनका लागि पोखरा महानगरले विभिन्न झाँकीसहितको प्रदर्शन गर्दैछ भने पोखरा विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई नागरिक अभिनन्दन गर्दै छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म झाँकी र्याली आयोजना हुँदै छ ।

अहिलेसम्म प्राधिकरणले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उद्घाटनकै दिन अन्तराष्ट्रिय उडान हुने बताउँदै आएपनि अन्ततः उडान नहुने भएको छ । बरु अन्तराष्ट्रिय उडान गर्दै आएको नेपालकै हिमालयन एयरलाइन्सले काठमाडौंबाट एयरबस ३२० पोखरामा अवतरण गर्ने कार्यक्रम छ । तर पोखराबाट अन्तराष्ट्रिय उडानको टुंगो लागेको छैन ।

‘हामीले राम्रो खेलौना बनाएर बजारमा बेच्न राखेका छौं । त्यो खेलौना कुन दिन विक्रि हुन्छ थाहा छैन,’ प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले भने, ‘यो एयरपोर्टबाट नेपालकै समृद्धी प्राप्त हुन्छ भन्ने विश्वास छ ।’ एयरपोर्टबाट वार्षिक ५० करोड भन्दा बढी आम्दानी हुने उनले बताए । ‘पूरानो एयरपोर्टले नेट २५ करोड वार्षिक आम्दानी गरेको छ । यो एयरपोर्टबाट ५० करोड आम्दानी हुने अनुमान छ,’ उनले भने, ‘अझै पर्यटक बढे १ अर्वसम्म हुन सक्छ ।’

उद्घाटनका बेला अन्तराष्ट्रिय उडान नहुने भएपछि पोखरेलीहरु निराश भएका छन् । मेयर धनराज आचार्य भने विमानस्थल उद्घाटन नै उत्सव भएको बताउँछन् । ‘पोखराको लागि यो उत्सव हो । हामीले सार्वजनिक विदा नै दिएर उद्घाटनमा नागरिक र कर्मचारीलाई सहभागी गराउँदै छौं,’ उनले भने, ‘विमानस्थल चल्न थालेपछि पोखरा विकासको ढोका खुल्छ । ५० वर्ष पूरानो पोखराको सपना अहिले पूरा हुनु खुशीको कुरा हो ।’

२०३२ सालमा तत्कालीन अन्चलाधिश शंकरराज पाठकले नै अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना गरेर जग्गा अधिग्रहण सुरु गरेका थिए । तत्कालीन समयमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि ६ सय २९ रोपनी अधिग्रहण भयो । पटक पटक गरेर ४ हजार रोपनी जग्गा अधिग्रहण गरी २२ अर्व लगानीमा विमानस्थल निर्माण गरिएको हो ।

विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदरमा ऋण दिएको छ । एक्जिम बैंकले दिएको रकम मध्ये २५ प्रतिशत अनुदान हो भने ७५ प्रतिशतमा २ प्रतिशत ब्याज लाग्ने छ । २ हजार ५ सय मिटर रनवे भएको पोखरा विमानस्थलमा एयरवस ३२० उडान र अवतरण हुन सक्छ । यहाँबाट नजिकका गन्तब्यहरुमा उडान भर्ने योजना प्राधिकरणको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस