×
लुम्बिनी विकास बैंकले सहारा एकेडेमीलाई दियो साढे २ लाख



लुम्बिनी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेको छ ।

सहारा क्लव पोखराले दोविल्लामा एकेडेमी सन्चालन गर्दै आएको छ । त्यहाँ कठिन परिस्थितिका १० जिल्लाका १३ जना बालकहरु आश्रित छन् । बैंकले एकेडेमीका लागि २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको हो ।

बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई रकमको चेक हस्तान्तरण गरे । सिग्देलले सहारा एकेडेमीमा आश्रित बालबालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए ।

क्लबले बालकहरुको लालनपालन र शिक्षासँगै उनीहरुलाई फुटवल प्रशिक्षण दिँदै आएको छ । २०६१ सालदेखि एकेडेमी सन्चालन गरिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस