NFS 1350 -43 CHCL 568.9 -8.1 ADBL 367 -11.1 AKPL 248.5 -2.5 BHDC 583 5.4 NIL 912 8 HIDCLP 183 -2 ILI 483.5 -2.5 SFEF 9.29 0.22 PFL 652 -1 GIBF1 9.69 0.1 RADHI 397.9 7.9 KDBY 9.21 -0.23 JBBL 351 -3.1 PMHPL 260 -4 HPPL 316.3 -3.6 CGH 909 -5 GMFBS 1512.1 -16.9 NABBC 631 -12 SLCF 9.21 -0.1 CITY 805 -17 SANIMA 326 -10.2 MNBBL 395.8 -0.8 CFCL 647 27.1 BFC 625 9.1 MLBS 1532.3 -86.7 EBLD86 1040 -2 CYCL 1540 -7 NICSF 9.5 0.25 DORDI 429 -3.3 PSF 9.51 -0.09 NLICL 606 -4 LLBS 1050 5 NGPL 472 -2.9 PBD85 1079.9 19.9 NLG 1317 2 BARUN 379 -6.1 NICA 452 -13 GFCL 1051.1 6 MHL 725 3.5
×
एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलकाे आपत्ति



एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् ।

एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन् ।

ढकाललाई सा‌ंसदमा सिफारिस गरेपछि एमालेभित्रै विराेध भइरहेकाे छ ।

यसबारे सामाजिक सञ्जाल ट्वीटरमा भीम रावलले लेखेका छन् :

अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा  स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको छ ।

परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधि सभाको सदस्य, क्या चमत्कार ! राजनीतिमा नैतिकताको खडेरी ! स्मरणीय छ ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस