×
स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन



स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन छ ।

लधुवित्तले साधारणसभा प्रयोजनका लागि १२ कात्तिकदेखि २७ गते सम्म बुक क्लोज गर्दै छ ।  कम्पनीले लाभांश प्रस्ताव पारित गर्न २७ कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभा आह्वान गरेको छ । यसर्थ, आज बिहीबारसम्म कायम सेयरधनीले बोनस सेयर सुरक्षित गर्न सक्नेछन् ।

सभामा कम्पनीले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव रहेको छ । सभामा अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

यता, अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने लगायतका प्रस्ताव छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस