×
सन्दीप लामिछाने विरुद्ध उजुरी दिने नाबालिक नभएर १९ वर्षकी युवती रहेको खुलासा !



बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिक नरहेको जानकारी गराएका छन् ।

सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले न्यायाधीशसमक्ष जाहेरीवाला १९ वर्षकी युवती रहेकी जानकारी गराएका हुन् ।

न्यायाधीशले घटनाबारे सोधेपछि सन्दीपले जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएकी जानकारी गराएका उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

अधिवक्ता घिमिरेकाअनुसार सन्न्दीपले न्यायाधीशसमक्ष सन्दीपले आफूसँग जाहेरवालीले १९ वर्षको बताएकी जानकारी गराए । सन्न्दीपविरुद्ध २१ भदौमा प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको थियो । यसको एक महिनापछि २० असोजमा पक्राउ परेका हुन् ।

सोमबार हिरासतमा राख्न म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको हो । अदालतमा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपका अर्का कानुन व्यवसायी सुधा रिजालले जाहेरीवालाको दुईवटा जन्मदर्ता भेटिएको दाबी गरेकी छन् । उनका अनुसार जाहेरीवाला नाबालिग होइनन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस