×
सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति , अरु ३० थुनुवासँगै छन् उनि।



बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।

दसैंको टीकाको भोलिपल्ट गत बिहीबार (२० असोज)मा पक्राउ परेका सन्दीपलाई थप सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो । सन्दीपलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

परिसरका अर्का एक अधिकृतका अनुसार लामिछानेसँगै गौशाला प्रहरीको हिरासतमा थप ३० जना थुनुवा छन् । हिरासत कक्ष सानो भएकाले कोचाकोच गरेर उनीहरुलाई राखिएको छ । लामिछाने पनि त्यहीँ छन् । हिरासतभित्रै एउटा मात्र शौचालयको व्यवस्था छ ।

गत २१ भदौमा एक नाबालिगका आफन्तले सन्दीपविरुद्ध बलात्कारको उजुरी प्रहरी वृत्त गौशालामा दर्ता गराएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस