×
कता हराए सन्दीप ? के भन्छन प्रहरी ?



नाबालिग बलात्कार आरोपलागे पछि मा छिटै नेपाल फर्किन्छु भनेका राष्ट्रिय क्रिकेट टिमा पुर्व कप्तान सन्दीप लामिछाने अझै सम्पर्कविहीन बनेका छन ।

प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका कप्तान सन्दीप लामिछाने अझै सम्पर्कविहीन बनेका छन् । १७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन र त्यपछि उनले यो झुटो हो र म छिटै नेपाल आएर यसको सामना गर्छु भन्दै फेसबुकमा स्टाटस लेखेका थिए।

उजिरी परेको दुई दिनपछि भदौ २३ मा नेपाल क्रिकेट संघले उनलाई कप्तानबाट निलम्बन गरेको थियो । काठमाडौं जिल्ला अदालतले त्यही दिन लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो र सोहि दिननै  प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्दै फरार सूचीमा राखेको थियो ।

उनी आफूमाथि लागेको आरोपको प्रतिरक्षाका लागि सिङ्गापुरमा कानुन व्यवसायीसँग छलफलमा रहेको चर्चा चले पनि त्यसको पुष्टि भइसकेको छैन । प्रहरीका अनुसार उनि सम्पर्कमा छैनन् । उनीविरुद्ध कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ ।

जाहेरीमा ती किशोरीलाई जबर्जस्ती नगरकोट पुर्‍याएको र केही समय त्यहाँ बसेर राति तिलगंगाको एक होटलमा पुर्‍याई जबर्जस्ती करणी गरेको उल्लेख छ  भने त्यसको अर्को दिन उनि  केन्यासँग एकदिवसीय शृंखला खेल्न राजधानी नैरोबी पुएका थिए।  घटनाको करिब दुई सातापछि मात्रै पीडित किशोरी प्रहरीमा जाहेरी दिन पुगेकी थिइन् ।

नेपाली टोलीका कप्तान मात्र होइन, इन्डियन प्रिमियर लिग (आईपीएल), बिगबास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर ‘ग्लोबल स्टार’ बनेका लामिछानेविरुद्ध बलात्कार आरोपमा जाहेरी परेपछि यससम्बन्धी विश्वभर समाचार आइरहेका छन । उनि सम्पर्कमा नआएपछि प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत खोजबिन अघि बढाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस