×
लुम्बिनी विकास बैंकको ९३ हजारभन्दा बढी कित्ता संस्थापक सेयर लिलामीमा



लुम्बिनी विकास बैंकले ९३ हजार चार सय सात कित्ता संस्थापक सेयर बुधबारदेखि लिलामीमा राखेको छ ।

बैंकले चार सदस्यहरूको नाममा रहेको उल्लेखित कित्ता सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरदि गर्न सक्ने गरी लिलामीमा राखेको हो ।

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउने बैंकले भनेको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त सेयर बिक्री गरिने जानकारी बैंकले दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस